Homeखेलमछिन्द्र फुटबल क्लब सातौं संस्करणको झापा गोल्डकपको सेमिफाइनल प्रवेश

मछिन्द्र फुटबल क्लब सातौं संस्करणको झापा गोल्डकपको सेमिफाइनल प्रवेश

बिर्तामोड २८ माघ । राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । मलेसियालाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ ।
सुरुवाती अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा भने मलेसियाको दबाब सामना गरेको थियो । दोस्रो हाफको अधिकांश समय बल पोजिसन राखे पनि मलेसियाले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट घर फर्किएको छ ।
खेलको १९ आँै मिनेटमा मछिन्द्रले अग्रता लियो । डिबक्समा विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मछिन्द्रका सनिश श्रेष्ठले गोलमा परिणत गरेका थिए । गोलकिपरको हातबाट फुत्किएको बलले मलेसियाका खेलाडीलाई टच हुँदै गोल भएको थियो ।
मछिन्द्रले दोस्रो गोल ८० औँ मिनेटमा लगायो । मछिन्द्रका लागि विदेशी खेलाडी जोनाथन जोरिल्लाले दोस्रो गोल गरेका थिए । मलेसियाका डिफेन्डर मार्टिन डामिलोलेको खुट्टाबाट फुत्किएको बललाई जोरिल्लाले चिप गर्दै गोल गरेका हुन् ।
मलेसियाका लागि एक मात्र गोल खेलको ६० औँ मिनेटमा जोन जिडेइनाले गरे । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको हातबाट फुत्किएको बललाई उनले गोलमा परिणत गरेका थिए ।
खेलको ३५ औँ मिनेटमा मछिन्द्रका प्रदिप बुढाथोकीले वान भर्सेस वान गोल फिनिसिङ गर्न नसक्दा गोल अन्तर बढाउने मौका गुमाएको थियो । खेलको ८८ औँ मिनेटमा मछिन्द्रका डिफेन्डर देवेन्द्र तामाङको प्रहार क्रसबारमा लागेर बाहिरिँदा गोल अन्तर तेब्बर बनाउने अवसर गुमेको थियो ।
मलेसियाका डेभिड ओलाएकोे प्रहार मछिन्द्रका गोलकिपर श्रेष्ठले रोक्दा बराबरी गोल गर्न चुकेको थियो । अतिरिक्त समयमा जोन जिडाइनाको प्रहार पोष्टमा लागेर फर्किदा मलेसिया खेलमा कम ब्याक गर्न असफल भएको थियो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका जोनाथन जोरिल्ला घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । शुक्रबारको पहिलो सेमिफाइन खेल आयोजकको टिम झापा–११ एफसी र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीच हुनेछ ।
यसैबीच, प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलमछिन्द्र फुटबल क्लब सातौं संस्करणको झापा गोल्डकपको सेमिफाइनल प्रवेश
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img