भद्रपुर २० वैशाख । निवृत्त राष्ट्र सेवक समाज जिल्ला कार्य समिति झापाको आईतवार सम्पन्न बैठकमा समाजको कार्यालय भवनको उद्घाटन गरिएको छ । बिर्तामोड ४ भद्रपुर रोडमा चेतना नेपालको भवनमा रहेको एक कोठालाई समाजका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज मुक्तिनाथ दाहालले उद्घाटन गर्नुभयो ।
समाजका जिल्ला अध्यक्ष ढाकालाल अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लामा गठन हुन बाँकी पालिका समिति गठन गर्दै नयाँ सदस्य विस्तार गर्ने समेत निर्णय गरेको छ । बैठकमा समाजका भद्रपुर सचिव खड्गबहादुर बुढाथोकी, दमक नगर समिति अध्यक्ष अम्बिका सापकोटा, मेची नगरपालिका समिति अध्यक्ष चन्द्रबहादुर बस्नेतले आ आफ्नो शाखाको बारेमा जानकारी गराउनु भएको थियो ।
सचिव नेत्र प्रसाद अधिकारीले सञ्चालन गरेको बैठकमा चेतना नेपालका अध्यक्ष इन्द्र ओली, जिल्ला उपाध्यक्ष रत्नकुमार श्रेष्ठ मेची नगर उपाध्यक्ष रमण खतिवडा लगायतले मन्तव्य राख्नु भएको थियो ।
निवृत्त राष्ट्र सेवकको भवन उद्घाटन

































































































