Homeसमाचारचमरधापमा बेठी

चमरधापमा बेठी

विर्तामोड १५ असार/ आज राष्ट्रिय धान दिवस । यो दिवसको अवसर पारेर झापासहित देशका विभिन्न स्थानमा धान रोपाई गरिएको छ ।
धान दिवसको अवसर पारेर विर्तामोड–१० स्थित चम्मरधापमा नौमती बाजासहित बेठी सम्पन्न भएको छ । विशाल कृषि सहकारीको आयोजनामा गरिएको बेठीका साथै महिला तथा पुरुषको हिले दौड प्रतियोगिता समेत गराइएको थियो । सहकारीले स्थानीयको जमिन भाडामा लिएर बेठीको आयोजना गरेको बताइएको छ ।


प्रतियोगितामा महिलातर्फ सिर्जनशिल क्लबकी उपाध्यक्ष सविना थपलिया राई प्रथम र पुरुष तर्फ सापडिग्री कृषक समूहका सन्तोष पुरी प्रथम भएका थिए ।
दौडमा प्रथम हुनेलाई प्रमुख अतिथि वडाध्यक्ष दुर्योधन गुरुङ र विशेष अतिथि विर्तामोड नगरपालिकाका सहकारी विभाग प्रमुख डिल्ली दाहाले पुरस्कार स्वरुप फरुवा प्रदान गरेका थिए ।


सहकारीका अध्यक्ष पृथ्वीबहादुर बस्नेतको अध्यक्षता तथा विर्तामोड नगरपालिका १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिकाका सहकारी प्रमुख डिल्ली दाहाल, विर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य गीता घिमिरे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापक हेमराज खनालले गर्नुभएका थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचमरधापमा बेठी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img