काठमाडौं २५ बैशाख। सर्वोच्च अदालतले सरकारका नाममा सुकुम्वासी बस्ती नहटाउन अन्तरिम आदेश दिएको छ । गोपाल रनपहेलीसमेतले दायर गरेको रिटमा न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्दा पाण्डेको इजलासले यस्तो आदेश गरेको हो ।
विस्थापितहरुको हकमा आवासदेखि शिक्षा, स्वास्थ्य र खाद्यान्न उपलब्ध गराउन भनेको छ । वर्तमान सरकारले काठमाडौंको धोबीधारा, गैरीगाउँ, मनोहरा, बल्खु, थापाथली लगायत विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाउँदा बास्तविक सुकुम्बासीहरु विचल्लीमा परेको भन्दै रनपहेलीसहितले अदालतमा रिट दायर गरेका थिए ।
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश
































































































