भद्रपुर १८ माघ । माछापुच्छ्रे बैकको केन्द्रीय कार्यलयले झापाको भद्रपुर ९ स्थित जीवन ज्योति आधारभुत विद्यालय भवनको २ वटा ब्लकमा टिनको छाना निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरेको छ । बैंकका सिईअी सन्तोष कोईराला तथा कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर प्रमुख पोखरेलले नगरपालिकाले नगर भित्रका शैक्षिक संस्थालाई भौतिक तथा पूर्वाधार विकासको लागि धेरै कार्यहरु गरे पनि बजेट अभावका कारण सोचे अनुरुप कार्य हुन नसकेको बताउनु भयो ।
उहाँले थप बजेटका लागि संघीय तथा प्रदेश सरकारसंग माग गर्ने कार्य भइरहेको समेत बताउनुभयो । कार्यक्रममा सिईओ कोईरालाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सम्पन्न गरिएको विद्यालयलाई औतिक पूर्वाधार हस्तान्तरण गरेको बताउदै आगामी बर्ष विद्यालयको छाना लगाउने कार्यलाई समेत पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो ।
विद्यालय व्याबस्थापन समिति अध्यक्ष नेत्र प्रसाद पौडेल नुतनले यसै शैक्षिकसत्रदेखि विद्यार्थी संख्या बढाउने उदेश्यले श्री पञ्चमीमा भर्ना हुने नयां विद्यार्थीलाई प्रति विद्यार्थी एक एक सेट व्याग तथा अन्य समयमा भर्ना हुने निःशुल्क शैक्षिक सामग्री वितरण गरिेने बताउनुभयो । बैकले छाना हाल्नका लागि विद्यालयलाई तीनलाख ५० हजार रुपैयाँ प्रदान गरेको बताइएको छ ।
पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी गोपाल श्रेष्ठ, वडा नं. ९ का कावा अध्यक्ष मन्जु पोखरेलले मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा शिक्षक गोपी न्पौपानेको संचालन तथा प्रधानअध्यापक निर्मला पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
माछापुच्छ्रे बैकद्वारा ज्योति आधारभूत विद्यालयका ब्लकमा टिनको छाना
