Homeसमाचारएन्जेलियाले ढकमक्क गुफा पाताल

एन्जेलियाले ढकमक्क गुफा पाताल

मेची नदीको उद्गमस्थल नजिक मात्र नभई ऐतिहासिक र धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ। बैशाख महिनामा दैनिक २ देखि ३ हजारसम्म पर्यटक यहाँ भित्रने, नेपालीभन्दा भारतीय पर्यटकको संख्या बढी हुन्छ, विशेष गरी कोलकाताबाट धेरै पर्यटक आउने गरेका छन्।”

जोसना श्रेष्ठ
बैशाख १५ इलाम । अन्तु
डाँडा वरपरबाट आकाश खुलेका बेला हेर्दा यो स्थान आकाशसँग टासिएको जस्तो देखिन्छ। यही कारणले यस ठाउँलाई ‘गुफा पाताल’ भनिएको स्थानीय विश्वास गर्दछन्। यो नाम परापूर्वकालदेखि नै चलिआएको हो, पछि राखिएको होइन।
सूर्योदय नगरपालिका–४ का वडाध्यक्ष शरण राईका अनुसार, “पहिले यो ठाउँमा घना जंगल थियो। रैथाने रुख बिरुवा पाइन्थे। अहिले देखिने पाइनका रुख आयातित हुन्। यहाँ अत्यधिक चिसो हुने भएकाले न्यानो काठको फर्निचर बनाउने उद्देश्यले पछि लगाइएका हुन्। यहाँ लामाहरू गुफामा बस्ने, ध्यान गर्ने, तपस्या गर्ने र ज्ञान हासिल गर्ने गर्दछन्।”
गुफा पाताल पर्यटन विकास समितिका सचिव विजय लावती भन्छन्, “मौसम सफा भएको बेला यहाँबाट उदाउँदो र अस्ताउँदो सूर्यको दृश्यसँगै हिमालहरू, भारतीय भूभागका दार्जिलिङ, कर्सियाङ, सिलीगुडी लगायतका ठाउँहरू देख्न सकिन्छ।”
बैशाख महिनामा मौसमी रूपमा फुल्ने गुराँस प्रजातिको एन्जेलिया फूलले गुफा पाताल ढकमक्क हुन्छ। फूल फुलेका बेला यहाँ पर्यटकको ठूलो भिड लाग्ने गरेको छ। एन्जेलिया दुई प्रकारका हुन्छन्—लोकल र हाइब्रिड। लोकल वर्षमा एकपटक मात्रै फुल्छ भने हाइब्रिड वर्षमा तीन–चार पटकसम्म फुल्ने गर्छ। तर हाइब्रिड भुइँमा फुल्न नसक्ने लावती बताउँछन्।
गुफा पातालमा करिब ४ हजार एन्जेलिया फूलका बिरुवा लगाइएका छन् र थप्ने काम निरन्तर भइरहेको छ।
समितिका कोषाध्यक्ष दिपक वाइवाका अनुसार, “एन्जेलिया फूल फुलेको बैशाख महिनामा दैनिक २ देखि ३ हजारसम्म पर्यटक यहाँ भित्रने गर्छन्। नेपालीभन्दा भारतीय पर्यटकको संख्या बढी हुन्छ, विशेष गरी कोलकाताबाट धेरै पर्यटक आउने गरेका छन्।”
२०६२ सालमा जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गरी यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने प्रयास सुरु गरिएको थियो। संघीय व्यवस्था लागू भएयता केही पहल कदम गरिएको भए पनि पर्याप्त हुन सकेको छैन।
यस स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय च्याङ्वा लामाले १ रोपनी निशुल्क जग्गा उपलब्ध गराएका छन् भने समितिले थप ६ रोपनी जग्गा खरिद गरेको छ। उक्त जग्गामा एन्जेलिया फूल रोपिएको छ र भ्यु टावर निर्माण गरिएको छ।
यहाँका मानिसहरू चिया खेती, पशुपालन, होमस्टे सञ्चालन गरेर आय आर्जन गर्दछन् भने शेर्पा, राई, गुरुङ, मगर, बाहुन, क्षेत्री र नेवार समुदायको बसोबास रहेको यस क्षेत्रमा सबै जातजातिका आ–आफ्नै भाषा, धर्म र संस्कार छन्।
नेपाल–भारत सीमाना नजिक रहेको यस क्षेत्रमा दुवैतर्फको मिश्रित समाज छ। सीमावर्ती बासिन्दा बीचमा सहयोग आदानप्रदान हुने गरेको छ र सीमा बिषयमा विवाद भएको पाईदैन।
अन्तु डाँडा वडा नं. ५ बाट करिब १० किलोमिटर टाढा रहेको गुफा पाताल पुग्न छिरूवा, मेची बजार, भारतीय भूभाग हुँदै कच्ची तथा पक्की सडक प्रयोग गर्न सकिन्छ। पशुपतिनगर नाकाबाट पनि यहाँ पुग्न सकिन्छ।
यो स्थान मेची नदीको उद्गमस्थल नजिक मात्र नभई ऐतिहासिक र धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ। छिरूवाबाट गुफा पाताल पुग्ने करिब साढे ३ किलोमिटर कच्ची सडकलाई पक्की बनाउन पहल भैरहेको र संघ तथा प्रदेश सरकारसमक्ष प्रस्ताव गरिएको अध्यक्ष राई बताउँछन् । सूर्योदय नगरपालिका–४ मा अवस्थित गुफा पाताललाई तिनजुरे गुराँसको राजधानी भनिए जस्तै‘एन्जेलिया फूलको राजधानी’ का रूपमा विकास गर्न सके नेपाल र भारत मात्र होइन, अन्य देशबाट समेत पर्यटक भित्र्याउन सकिए पर्यटन व्यवसायबाट स्थानीयको जीवनस्तर माथि उकास्न सकिने निश्चित देखिन्छ। तसर्थ यस क्षेत्रको बिकास , भौतिक पूर्वाधार निर्माण लगायतका बिषयमा संघ, प्रदेश र स्थानीय—तीनै तहका सरकारको ध्यान पुगे पर्यटकीय गन्तव्य रुपमा बढी भन्दा बढी पर्यटक भित्र्याउन सकिने थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएन्जेलियाले ढकमक्क गुफा पाताल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img