बिर्तामोड १९ बैशाख । बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच “पत्रकारितामा चुनौती र अबको बाटो” विषयक अन्तरक्रिया गर्नुका साथै नयाँ वर्ष २०८३ को क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार बिर्तामोडस्थित होटल ग्रिन प्यासिफिकमा आयोजित कार्यक्रममा नयाँ पेपर डटकमले प्रकाशन गरेको नयाँ वर्षको क्यालेण्डर बिमोचन साथै ूपत्रकारितामा चुनौती र अबको बाटो” बिषयमा अन्तरक्रिया गरिएको हो ।
निर्मल खत्रीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारी, झापा जिल्ला अध्यक्ष एकराज गिरी, प्रेस काउन्सिलका पूर्व सदस्य तथा महासंघका पूर्व अध्यक्ष गणेश पोखरेल, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, पर्यटन कार्यालय काँकडभिट्टा प्रमुख छविलाल खतिवडा, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर नेपालका अध्यक्ष पुष्प खड्का तथा नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य लगायतले पत्रकारितामा देखिएका चुनौती र आगामी दिशाबारे धारणा राखेका थिए।
नयाँ पेपरकी सहसम्पादक सुनिरा मैनालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नयाँ पेपर डटकमका प्रधान सम्पादक रमेश तिवारीले गर्नुभएको थियो ।
क्यालेण्डर विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

































































































