HomeFeatured 2महिला उद्यमीलाई बित्तीय साक्षरता तालिम

महिला उद्यमीलाई बित्तीय साक्षरता तालिम

बिर्तामोड २६ बैशाख । महिला उद्यमीलाई लक्षित गरी झापाको बिर्तामोडमा बित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न भएको छ ।
कृषि विकास बैंकको आर्थिक सहयोगमा नेपाल उद्यमशील महिला संघ झापाको आयोजना तथा इन्जिनियर विदाउद बोर्डर नेपालको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा विर्तामोड क्षेत्रका साना उद्यमी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।


तालिममा बचत, बिमा, डिजिटल भुक्तानी, लगानी गर्ने तरिका, वित्तीय श्रोतको पहिचान, नाफा, घाटा, आम्दानीको सुरक्षण लगायतका विषयमा जानकारी गराइएको थियो ।
स्कन्दा रिमाल र बिजीता पराजुलीले सहजीकरण गरेको तालिमको समुद्घाटन चेम्बर अफ कमर्शका झापा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि ओमकृष्ण विमलीले गर्नुभएको थियो ।
आयोजक संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए भने उपाध्यक्ष यशोदा प्रसाईको स्वागत तथा महासचिव विना थापा घिमिरेको सञ्चालन रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2महिला उद्यमीलाई बित्तीय साक्षरता तालिम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img