बिर्तामोड १४ बैशाख । झापाको बिर्तामोड नगरपालिका–२ स्थित गन्तव्य डान्सबारमा झैझगडा भएको छ । उक्त झगडामा २ जना घाइते भएका छन् भने तीन जना पक्राउ परेका छन् ।
घटनामा संलग्न एक जना फारार रहेका छन् । गएराति बिर्तामोड–२ स्थित गन्तब्य डान्सबारमा झैझगडा भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको थियो ।
घाइते हुनेमा मेचीनगर–१ का २० वर्षीय सिद्धार्ध साही र सोही स्थानका ३० वर्षीय कर्ण राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले कुटपिटमा सम्लग्न मेचीनगर–१२ का २१ वर्षीय निशान लामा, सोही स्थानका २२ वर्षीय प्रसान्त लिम्बू, भद्रपुर–८ का २२ वर्षीय नित्य राजवंशीलाई नियन्त्रणमा लिएको छ भने अर्जुनधाराका २० वर्षीय लाक्पा तामाङ फरार रहेकाले उनको खोजी भइरहेको जनाइएको छ । पक्राउ परेकाहरुलाई इप्रका अनारमनीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोडको २ स्थित गन्तब्य डान्सबारमा झगडा, ३ पक्राउ १ फरार

































































































