Homeसमाचारखोज पत्रकारिता तालिम सम्पन्न

खोज पत्रकारिता तालिम सम्पन्न

विर्तामोड १४ असार/ तीनदिन देखि झापाको विर्तामोडमा सञ्चालित प्रदेशस्तरीय खोज पत्रकारिता तालिम शनिवार सम्पन्न भएको छ ।
नारी सञ्चार गृहको आयोजना र आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा सञ्चालित तालिम संस्थाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, प्रशिक्षकद्वय चन्द्र भण्डारी र मोहन मैनाली, नेपाल पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरी, पूर्व अध्यक्षहरु कृष्ण हुमागाँई, माधव विद्रोही लगायतले मन्तव्य राख्दै चुनौतिपूर्ण पेशाका रुपमा रहेको पत्रकारिता पेशालाई सत्य र तथ्यमा आधारित रहेर काम गरे भविष्य पनि उज्वल रहेको धारणा राखेको धारणा राखे ।
सहभागिका तर्फबाट दिपीन राई र राधा खनालले तालिम फलदायी भएको प्रतिक्रिया दिंदै सिपलाई व्यवहारिक प्रयोगमा ल्याउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको सञ्चालन रेजिना गौतमले गरेकी थिइन् । झापा, सुनसरी, मोरङ, ताप्लेजुङ, पाँचथर र इलामका महिला तथा सक्रिय पत्रकारहरुको सहभागिता रहेको तालिममा चन्द्र भण्डारी, चिन्तामणी दाहाल र मोहन मैनालीले सहजीकरण गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारखोज पत्रकारिता तालिम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img