कचनकवल १२ असार/ झापाको कचनकवल गाउँपालिकामा सञ्चालित उद्घोषण तथा नेतृत्व विकास अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
२ नम्बर वडा कार्यालयको आयोजना सञ्चालित तालिमको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष अञ्जरा आलमले सर्वाङ्गिण विकासका लागि सिर्जनशील हुनुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिकाले उद्यमशीलता विभाग नै गठन गरेर स्वरोजगार मुलक कार्यक्रमलाई प्रवद्र्धन गर्ने योजना रहेको जानकारी गराउनु भयो । सकारात्मक सोचलाई सिर्जनशीलतामा परिणत गर्न तालिमका सहभागीहरुलाई अध्यक्ष आलमको आग्रह थियो ।
कचनकवल २ नम्बर वडाका अध्यक्ष मेख बहादुर भट्टराईको अध्यक्षतामा आयोजित तालिम समापनमा प्रशिक्षार्थीहरु अनिता राजवंशी, रजनी वैकार , रोशनी सापकोटा, माया देवी लिम्बू र इन्दिरा दहालले प्रशिक्षण फलदायी रहेको बताउनुभयो।
प्रशिक्षार्थी हेम कुमारी तामाङले संचालन गरेको कार्यक्रममा वार्ड सदस्यहरु चन्द्रशंकर अधिकारी, मनमाया चौहान, पार्टी प्रतिनिधिहरु केशव भट्टराई, दुर्गा थापा, चक्र बहादुर थापा, गीता प्रसाद भट्टराई, प्रशिक्षक भीमा शिवाकोटी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कचनकवल २ नम्बर वडाका टोल विकास संस्थामा आवद्ध ४० जना महिला प्रतिनिधिलाई सात दिन सम्म उद्घोषण तथा नेतृत्व विकास सम्वन्धि प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिममा प्रशिक्षकहरु कञ्चनजङघा एफ एमका कार्यक्रम निर्देशक दिपेन्द्र पोडेल, समाचार सम्पादन केशव भट्टराई र कार्यक्रम प्रस्तोता भीमा शिवाकोटीले सहजीकरण गर्नुभएको वडाध्यक्ष मेख बहादुर भट्टराईले जानकारी दिनुभयो ।
उद्घोषण तथा नेतृत्व विकास अभिवृद्धि तालिम सम्पन्न
































































































