Homeशिक्षासैनिक बजारमा डेङ्गु संक्रमित लामखुट्टेका लार्भा नष्ट

सैनिक बजारमा डेङ्गु संक्रमित लामखुट्टेका लार्भा नष्ट

विर्तामोड १३ असार । डेङ्गु सम्बन्धि सचेतना जगाउँदै हिडेको विर्तामोड नगरपालिका वडा नंं–१० को टोलीले सैनिक बजारमा फेला परेको डेङ्गु संक्रमित लामखुट्टेको लार्भा नष्ट गरेको छ ।
विर्तामोड नगरपालिका वडा नं.–१० मा डेङ्गु सम्बन्धी दुईदिने सचेतनामुलक कार्यक्रम अन्तरगत सैनिक बजारका केही ठाउँमा डेङ्गु संक्रमित लामखुट्टेको लार्भा भेटिएपछि नष्ट गरिएको हो ।
वडाका जनप्रतिनिधि, टोल सुधार समितिका अध्यक्ष तथा सदस्यहरु, स्वास्थ्य संस्थाका प्रतिनिधि तथा स्वयमसेविका लगायतको टोलीले सैनिक बजारसहित वडाका विभिन्न स्थानमा लामखुट्टेका लार्भाको खोजी गर्नुका साथै अन्य सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको थियो । सैनिकमा टोल सुधार समितिका अध्यक्ष अनुत सुब्बाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


त्यस्तै सोही वडाको तेलकानी टोल सुधार समितिका अध्यक्ष राम लिम्बूको अध्यक्षता तथा विर्तामोड नगरपालिका १० नंं वडाका वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सचेतनामुलक कार्यक्रम अन्तरगत शुक्रबार १० नम्बर वडाको तेलकानी क्षेत्रका स्थानीयलाई डेङ्गुको संक्रमण त्यसबाट स्वास्थ्यमा पर्ने असर, डेङ्गु संक्रमित लामखुट्टे बस्ने र फुल पार्ने संभावित ठाउँ लगायतका विषयमा स्वयम सेविका पवित्रा राजवंशीले जानकारी गराएकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
शिक्षासैनिक बजारमा डेङ्गु संक्रमित लामखुट्टेका लार्भा नष्ट
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img