Homeसमाचारबगाले श्रेष्ठको १८ औंं बार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयन

बगाले श्रेष्ठको १८ औंं बार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयन

चैत । बगाले श्रेष्ठ वंशावली केन्द्रीय सेवा समितिको १८ औ बार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ।
बगाले श्रेष्ठ वंशावली केन्द्रीय सेवा समितिको १८ औ बार्षिक साधारण सभा तथा छैठौं अधिवेशन शनिबार इटहरीमा सम्पन्न भएको हो।
छैठौं अधिवेशनले आगामी ३ बर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा दिनेश श्रेष्ठ झापा, उपाध्यक्ष रमेश श्रेष्ठ सुनसरी, सचिव सुवास श्रेष्ठ मोरङ,सह सचिव लक्ष्मी प्रसाद श्रेष्ठ मोरङ, कोषाध्यक्ष नरबहादुर श्रेष्ठ सुनसरी सर्वसम्मत चयन गरेको छ भने सदस्यहरु सूर्य श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ,कमल श्रेष्ठ ,कल्पना श्रेष्ठ, मोहन श्रेष्ठ, लोक बहादुर श्रेष्ठ,सुनिता श्रेष्ठ र लक्ष्मी श्रेष्ठ सम्मिलित १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
केन्द्रीय अध्यक्ष गंगा बहादुर श्रेष्ठ बगालेको अध्यक्षता तथा नेवास् देय् दवु केन्द्रीय सदस्य सोम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अध्यक्ष गंगा बहादुर श्रेष्ठ र कोषाध्यक्ष रमेश श्रेष्ठ द्वारा प्रस्तुत सांगठानिक र आर्थिक प्रतिवेदन पारित गरिएको थियो।
नेवास् देय् दवु ईटहरी उपमहानगरपालिकाका अध्यक्ष लक्ष्मी नारायण श्रेष्ठको विशिष्ट आतिथ्यता तथा काठमाडौं उपत्यकामा बगाले श्रेष्ठ वंशावली समन्वय समिति कोषाध्यक्ष सेर बहादुर श्रेष्ठ, बगाले श्रेष्ठ वंशावली सेवा समिति झापाका अध्यक्ष हेम कुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष दिनेश श्रेष्ठ लगायतको आतिथ्यता रहेको कार्यक्रममा ईलाम, सुनसरी, झापा, मोरङ, धनकुटा, सिरहा, सप्तरी, काठमाडौंका बगाले बन्धुहरुको उपस्थिति रहेको थियो।
केन्द्रीय उपाध्यक्ष श्री नारायण श्रेष्ठले स्वागत गर्नु भएको थियो भने संचालन सचिव रत्न कुमार श्रेष्ठले गर्नुभएको थियो।
२०६१ सालमा स्थापना भएको बगाले श्रेष्ठ वंशावली केन्द्रीय सेवा समितिले २०६१ र६२ मा वंशावली पुस्तक पहिलो पटक प्रकाशित गरेको थियो भने २०८२ मा दोस्रो पुस्तक प्रकाशन गरेको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबगाले श्रेष्ठको १८ औंं बार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img