HomeFeatured 2नेकपा एमाले ओली पक्राउ गरेको विरोधमा बिर्तामोड, विरोटनगर र काठमाडौंमा प्रदर्शन

नेकपा एमाले ओली पक्राउ गरेको विरोधमा बिर्तामोड, विरोटनगर र काठमाडौंमा प्रदर्शन

नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमालेका जनवर्गीय सङगठनहरुले झापा र विराटनगर, काठमाडौं लगायतका स्थानहरुमा विरोध प्रदर्शन गरेका छन् ।
गैर कानुनी रुपमा एमाले अध्यक्ष ओलीलाई पक्राउ गरेको भन्दै एमालेका जन सङठनहरुले झापाको विर्तामोड, विराटनगर र काठमाडौंमा सरकारले चालेको कदमको विरोध गरे । प्रदर्शनमा आएका एमालेका नेता तथा कार्यकर्ताले विना सर्त ओलीको रिहाई गर्न माग राखे ।
ओलीलाई तत्काल रिहा गर्न माग भएको कोणसभालाई बिर्तामोडको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेलले विदेशीको इसारामा बनेको सरकारलाई तत्काल गल्ती सच्याउन चेतावनी दिए । उनले देश नियम कानुनले चलाउन सूझाव दिदैं दुई तिहाईको दम्भ नदेखाउन चेतावनी दिए ।
विभिन्न सडक आन्दोलनबाट मुलुकमा परिवर्तन ल्याएको एमालेसँग प्रतिशोध साध्ने काम भए महंगो पर्ने उनको भनाई थियो । शान्तिपपूर्ण आन्दोलनबाट एमालेको माग पुरा नभए सडकबाटै सत्ताच्यूत गराइदिने नेताहरुले चेतावनी दिएका छन् । पार्टी केन्द्रको निर्देशन बमोजिम एमालेले निरन्तर आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शनमा भने प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । सो क्रममा सवारी साधनसमेत तोडफोड भएका दृष्यहरु सार्वजनिक भएका छन् । पूर्व प्रधानमन्त्री ओलीलाई प्रहरीले आज विहानै भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो । यसअघि गएराति पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले भक्तपुर कटुञ्जेस्थित निवासबाटै पक्राउ गरेको थियो ।
पूर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दिवंगत भएकाहरुलाई गोली हान्न आदेश दिएको आरोप लागेको छ । सोही प्रकरणमा प्रहरीले पक्राउ गरेको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेकपा एमाले ओली पक्राउ गरेको विरोधमा बिर्तामोड, विरोटनगर र काठमाडौंमा प्रदर्शन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img