काठमाडौं १३ मंसीर । दुई औषधी कम्पनीले उत्पादन गरेका औषधीको गुणस्तर नपुगेको भन्दै औषधी व्यवस्था विभागले बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले सूचनामार्फत् लोमस फर्मास्युटिकल्स प्रा.लि. र क्युरेक्स फर्मास्युटिकल्स प्रा.लि. बनेपाबाट उत्पादन गरिएको औषधी बजारबाट फिर्ता गर्न निर्देशन गरेको हो ।
लोमसको पारासिटामोल ट्याबलेट सेटोफेन (ब्याच नं. सिटी २७२३) बजारबाट फिर्ता अर्थात् (रिकल) गर्न भनिएको छ । त्यस्तै विभागले क्युरेक्सले उत्पादन गरेको रेक्सामोल औषधी न्यून गुणस्तरको पाइएपछि तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो ।
क्युरेक्सले उत्पादन गरेको रेक्सामोल (पारासिटामोल ट्याब्लेट) को ब्याच नम्बर टिआरएक्स–६९५ को औषधी न्यून गुणस्तरको भएको र बिक्रीवितरण तथा प्रयोग नगर्न पनि विभागले आग्रह गरेको छ ।
सिटामोल र रेक्सामोल फिर्ता गर्न उत्पादक कम्पनी लोमस र क्युरेक्सलाई निर्देशन



















