भद्रपुर मंसीर । झापाको भद्रपुर–९ स्थित प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक साधारणसभाले चन्द्रबहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
शनिबार सम्पन्न सभाले उपाध्यक्षतामा शालिकराम नेपाल, सचिवमा दिवाकर मैनाली र कोषाध्यक्षमा यामप्रसाद खरेललाई चयन गरेको हो । आगामी ३ बर्षे कार्यकालका लागि गठित समिति सदस्यहरुमा क्रमशः शिवप्रसाद सापकोटा, दुर्गा सुवेदी, माया केसी र शारदा दाहाललाई चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
यसै गरी लेखा समिति संयोजकमा खड्गप्रसाद दाहाल र सदस्यहरुमा पार्वती मल्ल र सनम श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको छ । यस अघि खुला सत्र कार्यक्रमको उद्घाटन भद्रपुर नगरपालिका उप प्रमुख राधा कार्कीले गर्नु भएको थियोे ।
संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठले सहकारीको ९१ लाख ५४ हजार ५ सय रुपैयाँ शेयर पुँजी रहेको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा जेष्ठ सदस्य ,शेयर सदस्य सन्तति, उत्कृष्ट बचत तथा ऋणी गरि १० जनालाई सम्मान गरिएको थियो । संस्थाका कोषध्यक्ष चन्द्रबहादुर कार्कीले लेखा सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत नुतन ढकाल र संचालन सचिव शालिकराम नेपालले गर्नु भएको थियो।
प्रकाश एकता सहकारीको अध्यक्षमा कार्की



















