Homeसमाचारनेपाल सम्वत ११४६ अवसरमा शुभकामना आदान प्रदान

नेपाल सम्वत ११४६ अवसरमा शुभकामना आदान प्रदान

बिर्तामोड ५ कार्तिक । नेपाल सम्वत ११४६ अवसरमा नेवा: पासा मुना पुच : ले बिर्तामोडमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेवा: पासा मुना पुच:ले बिर्तामोड वडा नं ४ स्थित आफनै भवन नेवा: छे मा एक कार्यक्रमको आयोजना गरी (नेपाल सम्वत ) नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान गरेको हो।
शुभकामना आदानप्रदान पश्चात नेवा:छे भवनबाट शुरू गरिएको धिमे बाजा सहितको लाखे नाचले बिर्तामोड नगर परिक्रमा गरेको थियो ।
कार्यक्रममा बिर्तामोड उधोग वाणिज्य संघ महिला उपाध्यक्ष गोमा देवी भट्टराई , बिर्तामोड साना शहरी तथा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला ,नेवा: छे भवनका जग्गा दाता श्याम कुमार ताम्राकार लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने औचित्य माथि प्रकाश कार्यक्रम संयोजक तारामणि श्रेष्ठले पार्नु भएको थियो ।
संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मिलन शाक्यले गर्नु भएको थियो।
संस्थाका पुर्व अध्यक्ष, सल्लाहकार,भातृ संगठनका प्रमुख तथा पदाधिकारीहरु र सदस्यहरूको उल्लासमय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ‌।
नेपाल संवतको सुरुवात शंखधर साख्व नामक समाजसेवी, व्यापारी ,परोपकारी व्यक्तिले गरेका थिए। किंवदन्ती अनुसार, उनले काठमाडौ उपत्यकाका जनताको ऋण मुक्त गराएर नयाँ युगको सुरुवात गरेका थिए। सोही अवसरमा नयाँ संवत सुरु गरिएको मानिन्छ ।
नेपाल संवतलाई नेपाल सरकारले राष्ट्रिय रूपमा २०६९ साल (ई.सं. २०१२) मा मान्यता दिएको थियो ।
तत पश्चात् नेवार समुदायले नेपाल सम्वतलाई नयाँ बर्षको रूपमा हर्ष उल्लासका साथ मनाउन शुरु गरेका हुन्।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेपाल सम्वत ११४६ अवसरमा शुभकामना आदान प्रदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img