बिर्तामोड २३ फागुन । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले संसद नबोलाइ अध्यादेश ल्याएर गलत प्रक्रिया अपनाएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन झापाको आयोजनामा बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो धारणा राख्नुभएको हो ।
“संसद चल्न नसकेको अवस्थामा सरकारले अध्यादेश ल्याउने प्राबधान संविधानमा छ” – नेता कोइरालाले भन्नुभयो-“यसपटक संसद नचलेको होइन, नबोलाइको हो । अध्यादेश पारित भएको ६ दिनपछि संसद बोलाइयो । यो गलत हो ।” अध्यादेशमा के बिषयबस्तु छ्न त्यो गौण भए पनि प्रक्रिया गलत भएको उहाँको टिप्पणी थियो । सामाजिक संजाल नियन्त्रण गर्नेगरी आएको अध्यादेश संसोधन गरि पुनर्लेखन गर्नुपर्ने उहाँको भनाइ थियो ।
सरकार संचालनका लागि संयन्त्र बनाउनु लोकतन्त्र बिपरित भएको बताउदै पत्रकारले सोधेको जिज्ञासामा उहाले भन्नुभयो-” सरकारभित्रकै संयन्त्र बनाउने अंतरराष्ट्रीय अभ्यास छ । तर सरकार संचालनकै लागि सरकार बाहिर रहेका ब्यक्ति बसेर संयन्त्र बनाउनाले डेमोक्रेसी समाप्त हुन्छ । यो लोकतन्त्रको नम्स बिपरित हो ।”
काङ्ग्रेस-एमाले गठबन्धनका बिषयमा सोधिएको जिज्ञासाको जबाफ दिदै नेता कोइरालाले काङ्ग्रेस सरकारमा रहेको तर सत्तामा नरहेको बताउदै सरकारमा नहुनेले खबरदारी गरिरहनुपर्ने बताउनुभयो ।
चुनावी सहकार्यले राजनीतिक दल कमजोर हुने बताउदै नेता कोइरालाले एक्लै चुनाव लड्ने बलियो संगठन बनाउने अभियानमा लाग्न सबै नेता कार्यकर्तालाइ आग्रह गर्नुभयो ।
पाथीभरा मुकुमलुङ बिबादलाइ साम्य पार्न बार्ता र सम्बादको बिकल्प नभएको बताउदै उहाले सरकारले पनि र आफ्नो तर्फबाट पनि सम्बाद अघि बढाएको बताउनुभयो ।
राजतन्त्रको नारा लिएर सडकमा निस्किएको बिरोधले दलहरुलाइ सच्चिन र आत्ममुल्यान्कन गरेर अघि बढ्न सन्देश दिएको बताउनुभयो । ” राजतन्त्र अब फर्किदैन,- कोइरालाले भन्नुभयो-“हामीले राम्रो काम गरेका छौ कि छैनौ चेक गर्नुपर्छ ।” सामाजिक संजालमा तिब्र प्रचार गरेपनी सरकारले जनताको जनजीवनमा प्रभाव पार्ने गरि काम गर्न नसकेको र भ्रष्टाचार नियन्त्रणको पहल नै नगरेको टिप्पणी गर्नुभयो ।
२०८२ चैतभित्रैमा पार्टीको महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको प्रष्ट्याउदै नेता कोइरालाले आगामी महाधिवेशनमा सबै बिचार समुहलाइ समेटेर साझा उम्मेदवार बन्ने आकाक्ष राख्नुभयो ।
पुर्ब आप्रवासी बिभागका कोशी संयोजक बिज्ञानराज प्रसाइले फागुन २४ र २५ गते झापामा आयोजना हुने भेलाका बारे बताउनुभयो ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा सप्पन्न कार्यक्रमको संचालन सचिब अर्जुन राजबन्शीले गर्नुभएको थियो ।
सडककाे बिराेध दलहरुलाइ सच्चिएर अघि बढ्न सन्देश : `काेइराला´

































































































