Homeसमाचारगुण र दोषका आधारमा सरकारको समर्थन र खबरदारी गर्नुपर्छ : नेता काेइराला

गुण र दोषका आधारमा सरकारको समर्थन र खबरदारी गर्नुपर्छ : नेता काेइराला

विर्तामोड २४ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारबाहिर रहनेले गुण र दोषका आधारमा सरकारको समर्थन र खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस पूर्व आप्रबासी समन्वय विभाग केन्द्रीय समितिको आयोजना र कोशी प्रदेश समितिको संयोजनमा विर्तामोडमा आयोजित ‘स्वदेशदेखि विदेशसम्म’ विषयक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै नेता कोइरालाले यस्तो धारणा राख्नुभएको हो ।
‘नेपाली कांग्रेसका लागि भोलीको मुख्य प्रतिष्पर्धी शक्ति एमाले हो’–नेता कोइरालाले भन्नुभयो–‘कांग्रेस सरकारको सहयोगी मात्रै हो । कांग्रेस सत्तामा छ, सरकारमा छैन । सत्ता बाहिर रहनेले गुण र दोषका आधारमा खबरदारी गरिरहनुपर्छ ।’
नेपालमा विकास र समृद्धिका प्रसस्त सम्भावना रहेको चर्चा गर्दै नेता कोइरालाले हाइड्रोपावर, कृषि उत्पादन, जडिबुटी, पर्यटन प्रबद्र्धन, होटल तथा ब्यवसाय लगायतका क्षेत्रमा लगानी गर्न सके   आयस्तर बढाउन सकिने बताउनुभयो । यसका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्नेमा  उहाँको जोड थियो ।
अदक्ष कामदार, दक्ष जनशक्ति र अध्ययन गरी तीन प्रकृतिमा नेपालीहरु विदेशिने गरेको चर्चा गर्दै उहाँले विदेशमा सिप र दक्षता हासिल गरेका ब्यक्तिहरुको सिप, क्षमता र पैसा नेपालमा लगानी गर्नसके देश विकास सम्भव भएको भनाई राख्नुभयो ।
२०८२ सालको चैत मसान्तभित्रै पार्टीको महाधिवेशन गर्न सामाजिक सञ्जालमार्फत दवाव सिर्जना गर्न कार्यकर्तालाई आह्वान गर्दै नेता कोइरालाले आफू नेतृत्वमा पुगे पुराना, त्यागी एवं इमान्दार कार्यकर्ताको मूल्याङ्कन गरेर उपयुक्त अवसर दिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर के.सीले चर्का कुरा गरेर काम नगर्ने प्रवृत्ति नेताहरुमा देखिएको बताउँदै काम गरेर देखाउन आग्रह गर्नुभयो । नेपाली कांग्रेसमा एकजुट हुने प्रतिबद्धता अग्रज नेताहरुले धेरैपटक गरेको तर अहिलेसम्म एकजुट हुन नसकेको बताउँदै उहाँले गुटगत राजनीति समाप्त गरेर पार्टीलाई एकजुट पार्न सुझाव दिनुभयो ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले विश्व बजारलाई हेर्दा अर्थतन्त्रको मोडल फेरिएको बताउँदै उत्पादन गर्नेले भन्दा डिजाइन र बजारीकरण गर्नेले बढी मुनाफा आर्जन गर्ने गरेको उदाहरण प्रस्तुत गर्नुभयो ।
जनतामा राजनीतिक दलप्रति चुलिएको निराशा अन्त्य गर्ने अवसर नेपाली कांग्रेस र नेकपा एमालेलाई प्राप्त भएको चर्चा गर्दै उहाँले संयुक्त सरकारमार्फत जनताका निराशा सम्बोधन गरेर आशा भर्न सरकारलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्यहरु सरिता प्रसाई, राजीव कोइराला, सुशिला ढकाल आचार्य, डा. गोविन्द पोखरेल, गोमा भट्टराई, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, पूर्व केन्द्रीय सदस्य गुरु घिमिरे, कोशी प्रदेश महासचिव उमेश थापा, झापा सभापति देउकुमार थेवे लगायतले मन्तब्य राख्नुभएको थियो ।
विभागका केन्द्रीय संयोजक तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले कार्यक्रमको मोडेल र हालसम्म भएका कार्यक्रमकाबारे जानकारी दिदै अवसरको खोजीमा युवा पुस्ता विदेशिनु स्वभाविक भएपनि उनीहरुलाई स्वदेश फर्काएर सिप र सिर्जनाको उपयोग गर्ने नीति राज्यले लिनुपर्ने बताउनुभयो ।
विभागका कोशी प्रदेश संयोजक विज्ञानराज प्रसाईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन सुवास लोहनीले गर्नुभएको थियो । दुईदिनसम्म सञ्चालन हुने अन्तरक्रियामा कोशी प्रदेशभरीका लगभग एकसय जना प्रतिनिधिको सहभागिता रहनेछ । कार्यक्रममा पूर्व आप्रबासीहरुको तथ्याङ्क संकलन, उनीहरुमा रहेको सीप र क्षमताको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक छलफल हुने र छलफलमा उठेका विषयवस्तुको दस्तावेज बनाएर पार्टी केन्द्रीय समितिमा बुझाइने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगुण र दोषका आधारमा सरकारको समर्थन र खबरदारी गर्नुपर्छ : नेता काेइराला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img