HomeFeatured 2महत्व बुझेर लागेको रुख र चारतारामै रहने प्रदेश सभापति थापाको स्पष्ट धारणा

महत्व बुझेर लागेको रुख र चारतारामै रहने प्रदेश सभापति थापाको स्पष्ट धारणा

विर्तामोड ४ असार । नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले आफू रुख र चारतारे झण्डाको महत्व बुझेर नेपाली कांग्रेस पार्टीमा आबद्ध भएको बताउँदै अब पनि रुख र चारतारामै रहने स्पष्ट धारणा राख्नुभएको छ ।
नेपाली कांग्रेस झापाको आयोजनामा आज जिल्ला पार्टी कार्यालयमा सम्पन्न भेलामा सभापति थापाले यस्तो धारणा राख्नुभएको हो । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरुले बेग्लै भेलाको आयोजना गरिरहेकोप्रति लक्षित गर्दै सभापति थापाले आफू पार्टीको जिम्मेवार स्थानमा रहेकाले संस्थागत निर्णय मान्ने र पार्टी निर्णय विपरित भएका भेलाहरुमा सहभागी नहुने पनि स्पष्ट पार्नुभयो ।
‘म क्षेत्रीय सभापति हुँदा गिरिजाप्रसाद कोइराला सभापति हुनुहुन्थ्यो, त्यसपछि सुशिल कोइराला, शेरबहादुर देउवा हुँदै अहिले गगन थापा नेतृत्वमा आउनुभएको छ’–सभापति थापाले भन्नुभयो–‘निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई कानुनी मान्यता दिइसकेको छ, कानून, नीति, नियम र पार्टी विधानको पालना गर्नु सबै नेता÷कार्यकर्ताको कर्तब्य हो ।’
विशेष महाधिवेशनबाट चुनिएको नेतृत्व र विपक्षमा रहेका शीर्ष नेताहरुलाई एकठाउँमा बसेर पार्टीको आन्तरिक विवाद मिलाउन आग्रह गर्दै थापाले गुट भेला गर्नुनहुने धारणा राख्नुभयो । ‘पार्टीमा बृहद एकता आवश्यक छ’–सभापति थापाले भन्नुभयो–‘एकठाउँमा बसेर असहमतिका विषय टुङ्ग्याउनुहोस्, पार्टीलाई एकढिक्का बनाउनुहोस । एकतामै शक्ति छ ।’
कांग्रेसको जरा क्रियाशिल सदस्य रहेको स्पष्ट पार्दै उहाँले पार्टीलाई डिजिटल प्रविधिमा लैजाने अभियानमा सबैलाई सहभागी हुन आग्रह गर्नुभयो । क्रियाशिल अध्यावधिक नगरे महाधिवेशन प्रक्रियामा सहभागी हुनै नपाइने स्पष्ट पार्दै उहाँले थपिएको समयमा अध्यावधिक गर्न सबै क्रियाशिल सदस्यहरुलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले झापाका सबै वडामा क्रियाशिल सदस्यता अध्यावधिक अन्तिम चरणमा पुगेको बताउँदै छुट भएमा थपिएको समयमा अध्यावधिक गर्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले अरुलाई होच्याएर आफू अग्लो नहोइने बताउँदै फरक विचार राखेकै आधारमा सामाजिक सञ्जालमार्फत नेता–कार्यकर्तामाथि नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो । पार्टी बनाउन सबै नेता कार्यकर्ताको कुनै न कुनै भूमिका रहेको बताउँदै उहाँले आन्तरिक विवाद वार्ता र छलफलमार्फत मिलाएर पार्टीभित्र बृहद एकता कायम गर्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले सहजीकरण गर्नुभएको बैठकमा प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा यामप्रसाद भण्डारी र नेपाली कांग्रेस कमल गाउँ समिति सभापति खगेन भण्डारीकी ममतामयी माता रुकमाया भण्डारीको निधनप्रति शोकप्रस्ताव पारित गर्दै भावपूर्ण श्रद्धाञ्जलीसहित एक मिनेट मौनधारण गरिएको थियो । भेलामा नेपाली कांग्रेस केन्द्रीय सदस्य बसन्त भट्टराई, जिल्ला उपसभापति शेरबहादुर भट्टराई, सचिव नवीन विमली, सहसचिव कमल भण्डारी, कालेन्द्रप्रसाद सिंह राजवंशी, कोषाध्यक्ष जलकुमार गुरुङ, जिल्ला सदस्य, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय र गाउँ÷नगर सभापतिहरुको सहभागिता रहेको थियो ।
कांग्रेस सभापति गगन थापा झापा आउँदै
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा झापा आउनुहुने भएको छ । प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा यामप्रसाद भण्डारीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रममा आगामी असार ९ गते सभापति थापा झापा आउनुहुने भएको हो ।
विशेष महाधिवेशनबाट सभापति बनेपछि पहिलोपटक थापा झापा आउन लाग्नुभएको हो । सो क्रममा नेपाली कांग्रेस झापाले विर्तामोडस्थित पाथीभरा सिने प्लाजामा विहान ११ बजेदेखि कार्यकर्ता भेटघाट कार्यक्रम गर्ने भएको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले कार्यकर्ता भेटघाट कार्यक्रमलाई भब्य बनाउन सवै क्षेत्रीय समिति, प्रदेशसभा क्षेत्रीय समिति, गाउँनगर, वडा, टोल समिति, एवं भातृ तथा शुभेच्छुक संघसंस्थालाई सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2महत्व बुझेर लागेको रुख र चारतारामै रहने प्रदेश सभापति थापाको स्पष्ट धारणा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img