HomeFeatured 2जाउँ है पोखरा अभियानबारे बिर्तामोडमा अन्तरक्रिया

जाउँ है पोखरा अभियानबारे बिर्तामोडमा अन्तरक्रिया

बिर्तामोड २० फागुन । जाऔं है पोखरा अभियान सञ्चालनको दुईदशक चलिरहँदा होटल संघ पोखरा पोखरामा आन्तरिक पर्यटन भित्र्याउनका लागि देशभरका विभिन्न शहरहरुमा अन्तरक्रियामा सक्रिय भएको छ । अभियानको निरन्तरता स्वरुप आज झापाको बिर्तामोडमा पत्रकारहरुसंग अन्तरक्रिया गरेको होटल संघ पोखराले आन्तरिक पर्यटन विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्य राखेको जनाएको छ ।
गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्डको मुख्य प्रवर्द्धनमा यही फागुन १८ गते देखि फागुन २२ गते सम्म सञ्चालन हुने अभियान सञ्चालनका लागि पूर्वी नेपालका जनकपुर, विर्तामोड, इटहरी, बर्दिबास र हेटौडा लगायतका मुख्य शहर पर्यटन प्रवद्र्धनबारे अन्तरक्रिया गरिने बताइएको छ ।

अभियानको मुख्य उद्देश्य पूर्वका पर्यटक पोखरा पुर्याउने तथा पोखरामा आएका पर्यटकलाई पूर्वी नेपालसम्म पुर्याउनका लागि के गर्न सकिन्छ भन्ने रहेको अध्यक्ष सुवेदीले बताउनु भयो । पर्यटन प्रवद्र्धनका लागि ‘कनेक्टिभिटि’ महत्वपूर्ण हुने ठहर गर्दै पूर्वी नेपालका विभिन्न शहरबाट पोखरासम्म सिधा हवाई उडान तथा स्तरीय बस सेवा संचालनका लागि समेत अपिल गरेको छ ।
पर्यटनको मुख्य आकर्षणको रुपमा रहेको पोखरामा लगभग पाँचअर्बको लगानीमा एकहजार दुईसय भन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन् भने ति होटलहरुले १५ हजार बढीलाई रोजगारी दिएको बताइएको छ ।
आन्तरिक पर्यटन प्रबर्द्धनका लागि संघले फेवा नववर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव र खेलकूदका कार्यक्रम समेत गर्दै आएको छ । साथै बाह्य पर्यटन प्रवर्द्धनका लागि भारतीय शहरहरुमा चलिए पोखरा अभियान सचालन गर्ने गरिएको जनाएको छ भने प्रकृति, संस्कृति, पर्यावरण लगायतका विभिन्न कारणले पनि पोखरा पर्यटनका लागि उपयुक्त भएको बताइएको छ ।
सो अवसरमा सहभागीहरुले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ लाई गण्डकी प्रदेश सरकारलाई सहकार्यका लागि अनुरोध गर्दै र होटल संघको अभियानमा जोडेर लैजानका लागि सुझाव दिएका छन् । पूर्वका ऐतिहासिक धार्मिक महत्वका पर्यटकीय क्षेत्र, उत्पादनलाई पनि पोखराको पर्यटनसंग जोड्नुपर्नेमा जोड दिंदै पाखेरामा पर्यटनका लागि पुगेका आन्तरिक पर्यटनलाई अभियानले ल्याएका गन्तव्य सूची, सुविधाका बारेमा समेत जिज्ञासा राखेका थिए ।
होटल संघ पोखराका अध्यक्ष सुवेदीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघ बिर्तामोडले पोखराबाट पर्यटन प्रवद्र्धनका लागि झापा आइपुगेको टोलीलाई स्वागत सम्मान गरेको थियो । सो अवसरमा प्रमुख अतिथि संग्रौला, अतिथिहरु होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, राष्टिय उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य भिष्म खरेल, बन्दिपुर केवलकारका उपाध्यक्ष किरण पोखरेल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले सुझावसहितको शुभकामना मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जाउँ है पोखरा अभियानबारे बिर्तामोडमा अन्तरक्रिया
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img