HomeFeatured 2श्रीमतीमाथि रड प्रहार गरी हाम्फालेका घिरेको उपचारका क्रममा मृत्यु

श्रीमतीमाथि रड प्रहार गरी हाम्फालेका घिरेको उपचारका क्रममा मृत्यु

बिर्तामोड ५ असार । झापाको बिर्तामोडमा श्रीमतीलाई फलामको रडले घाइते बनाएपछि आफ्नै घरको तीन तलामाथिबाट हाम्फालेका एक वृद्धको मृत्यु भएको छ।
शुक्रबार बिहान (आज) करिब ५ः३० बजे बिर्तामोड नगरपालिका–४ अन्नपूर्ण चोक निवासी ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका क्रममा ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले प्रहार गरी घाइते बनाएका थिए ।
घटनापछि गंगामुनीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। उनको पेटमा चोट लागेको छ । श्रीमतीलाई घाइते बनाएलगत्तै घिरेन राजवंशी घरको तेस्रो तलामाथि चढी हाम्फालेका थिए। हाम्फाल्दा उनको टाउको, हात खुट्टालगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2श्रीमतीमाथि रड प्रहार गरी हाम्फालेका घिरेको उपचारका क्रममा मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img