Homeसमाचारशीतलहर सम्बन्धी आकस्मिक कार्ययोजना अनुमोदन

शीतलहर सम्बन्धी आकस्मिक कार्ययोजना अनुमोदन

भद्रपुर । जिल्ला विपत व्यवस्थापन समिति झापाको मंगलबार सम्पन्न बैठकले शीतलहरलाई मध्यनजर गर्दै तयार पारिएको आकस्मिक कार्ययोजना अनुमोदन गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरको अध्यक्षतामा बसेको बैठकले नेपाल रेडक्रस सोसाइटी झापा शाखाले तयार पारेको शीतलहरलाई मध्यनजर गर्दै तयार पारिएको आकस्मिक कार्ययोजना पारित गरेको हो । तयार योजनालाई रेडक्रस झापाका सभापति लोकराज ढकालले बैठकमा प्रस्तुत गर्नुभएको थियो।
प्रस्तुत शीतलहर सम्बन्धी आकस्मिक कार्ययोजना माथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, हल्दिवारी गाउँपालिकाका प्रमुख रविन्द्रप्रसाद लिङदेन, बाह्रदशी गाउँपालिकाका प्रमुख खड्क राजवंशी, नेपाली कांग्रेस झापाका सचिव ताराविर कट्वाल, नेकपाका नेता अरुण श्रेष्ठ, कमल गाउँपालिकाका प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, जिल्ला बन कार्यालय झापाका प्रमुख लगायतले सुझाव राखेका थिए । बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
सो अवसरमा शीतलहरबाट उत्पन्न हुने विपतको प्रतिकार्यका लागि सुरक्षा निकायलाई पनि सचेत रहन आग्रह गरिएको छ । शितलहर सम्बन्धी सबै स्थानीय तहमा भएका श्रोत सामग्री, जनशक्ति तथा आर्थिक व्यवस्थापनको अवस्था अध्यावधिक गर्ने समेत निर्णय गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति ढकालले जानकारी दिनुभयो ।
सो अवसरमा जिल्ला प्रशासन कार्यालय झापा र नेपाल रेडक्रस सोसाइटी झापाले तयार पारेको जिल्ला विपत व्यवस्थापन प्रतिकार्य योजना समेटिएको पुस्तक समेत वितरण गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारशीतलहर सम्बन्धी आकस्मिक कार्ययोजना अनुमोदन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img