Homeमहिलाअलैंची प्रवद्र्धन महिला सञ्जालको संयोजकमा शुष्मा

अलैंची प्रवद्र्धन महिला सञ्जालको संयोजकमा शुष्मा

विर्तामोड । कृषिजन्य उत्पादन अलैंचीको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले अलैंची प्रवद्र्धन महिला सञ्जाल गठन भएको छ ।
नव गठित सञ्जालको संयोजकमा शुष्मा भण्डारी चयन हुनु भएको छ । विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच गठित सञ्जालको सहसंयोजकमा नानीमैया लावती, सचिवमा संगीता चिमरिया र कोषाध्यक्षमा सुमीत्रा भट्टराई चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रीमा भट्टराई, शान्ता विष्ट, कुसुम दाहाल, माया गुरुङ, मेनुका मिश्र, राधा बोहोरा र यशोदा नेपाल रहेका छन् । २१ सदस्यीय समिति रहने सञ्जालमा अलैंची उत्पादन हुने १५ जिल्लाका महिलाहरुको समेत प्रतिनिधित्व हुनेगरी पछि विस्तार गरिने संयोजक भण्डारीले जानकारी दिनुभयो ।
अलैंची उत्पादनदेखि कटिङका साथै व्यवसायिक हिसावमा समेत भूमिका खेल्दै आएका महिलाहरुको नेपाल अलैंची व्यवसायी महासंघमा पर्याप्त प्रतिनिधित्व हुन नसकेका कारण महिला सञ्जाल गठन गर्नुपरेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलाअलैंची प्रवद्र्धन महिला सञ्जालको संयोजकमा शुष्मा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img