HomeFeatured 2निरन्तरको वर्षातका कारण अधिकांस राजमार्ग अवरुद्ध

निरन्तरको वर्षातका कारण अधिकांस राजमार्ग अवरुद्ध

झापा १२ असोज । निरन्तरको भारी बर्षातका कारण अधिकांश राष्ट्रिय तथा सहायक राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरो र राजमार्गमा पर्ने ठूला नदिको पुल बाढीले बगाउँदा राष्ट्रिय राजमार्ग र सहायक मार्ग पनि बन्द भएका हुन् ।
वर्षातका कारण कोशी नदीको फुलमा पैदलयात्रीलाई समेत आवागमनमा रोक लगाइएको छ भने मेची राजमार्ग बन्द रहेको छ । कोशीमा बाढीको बहाब बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् ।
यता मेची राजमार्ग अन्तरगत पाँचथरको हेवा खेलाको पुल बाढीले बगाएपछि मेची राजमार्ग बन्द भएको छ । मेची राजमार्ग अन्तरगत इलाम स्थित राजदुवालीमा जोखिम देखिएको भन्दै यातायात सञ्चालनमा शुक्रबार साँझदेखि नै यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
बाढीका कारण काठमाडौं–नागढुङ्गा–चितवन सडक बन्द भएको छ भने काठमाडौं–धुलिखेल–सिन्धुली सडक पनि बन्द रहेको छ ।
त्यसैगरी मुग्लिन–पोखरा सडक, चितवन–बुटवल सडक बन्द रहेको छ । त्यसैगरी धुलिखेल–खावा–दोलखा सडक बन्द छ भने बेनी–मुस्ताङ सडक, कैलाली–बझाङ बाजुरा सडक, काठमाडौं–हेटौंडा सडक समेत बन्द भएको छ ।
त्यसैगरी बिपी राजमार्ग सुनकोशीमा आएको बाढीले खुर्कोट बजारस्थित पुरानो बसपार्क बगाएको छ भने बिपी राजमार्ग समेत अवरुद्ध भएको छ ।
मौसम विज्ञान विभागले मौसम प्रक्षेपणका तीनवटै विधि (LPS, MPC, WD) मार्फत मौसमी प्रणाली अनुसार आज हिमाली क्षेत्रमा मिश्रित हुने र यसका परिणाम स्वरुप नेपालको मध्य भागमा अझ बढी बर्षात हुने प्रक्षेपण गरेको छ । प्रक्षेपण अनुसार यो अवस्था ३६ देखि ७२ घण्टासम्म कायम रहने देखिएको बताइएको छ । पछिल्लो २४ घण्टामा दामन र खोपासीमा सर्वाधिक वषा मापन गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2निरन्तरको वर्षातका कारण अधिकांस राजमार्ग अवरुद्ध
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img