Homeसमाचारकनकाईमा आएको बाढीबाट ११ घर विस्थापित

कनकाईमा आएको बाढीबाट ११ घर विस्थापित

माइधार १२ असोज । हिजोदेखि परिरहेको अविरल वर्षाको कारण कन्काईमाई नदीले पश्चिम उत्तरको बाँध पूर्वको बस्तीबाट ११ घरपरिवार विस्थापित भएका छन् । सो क्षेत्रमा रहेका अधिकांस घरहरु बाढी र डुवानको जोखिममा छन् ।
विस्थापित परिवारलाई तत्कालका लागि मुक्तिघाटमा पुनस्र्थापना गरिएका नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । विस्थापित हुने परिवारमा अमर ऋषिदेव परिवारसहित ४ जना, किरण ऋषिदेव परिवारसहित ५ जना, मिना ऋषिदेवका २ जना, सुखीलाल चौधरी २ जना र महेन्द्र ऋषिदेवका ५ जनाको परिवारलाई मुक्तिनाथ घाटमा राखिएको हो ।
त्यसैगरी बजारका टहराहरुबाट विस्थापित परिवारहरु बिखबहादुर बिक, ताला हाँस्दा, किरण साह, जसबहादुर राईका परिवारलाई पनि सोही ठाउँमा सुरक्षित रुपमा राखिएको छ ।
विस्थापित मध्ये बिशाल घतानी र मनप्रसाद तबेबुङले भने आफैं बसोबासको व्यवस्था मिलाउनु भएको बताइएको छ ।
बर्षतका कारण नदिको बहाब बढेसंगै कटान बाटो नजिक आइपुगेकाले माङहिम भन्दा उत्तर बाटो पूर्वका सबै घरहरु भत्काउन सक्ने संभावना रहेको आंकलन गरिएको छ ।
झापामा बाढीले पुर्याएको क्षतिबारे नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना जनप्रतिनिधि संघीय सांसद सहित रेडक्रस कर्मीकर्मीहरुले अनुगमन, पुनस्र्थापनाका कार्यमा सहभागी भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकनकाईमा आएको बाढीबाट ११ घर विस्थापित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img