HomeFeatured 2नम्बर नफेरेपछि कनकाई नगरपालिकाको मोटरसाइकल प्रहरी नियन्त्रणमा

नम्बर नफेरेपछि कनकाई नगरपालिकाको मोटरसाइकल प्रहरी नियन्त्रणमा

सुरुङ्गा १४ कात्तिक। नक्कली नम्बर प्लेट राखेर चलाएको पाइएपछि ट्राफिक प्रहरीले कनकाई नगरपालिकाको नाममा दर्ता कायम रहेको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको नगरपालिकाको नाममा यातायात व्यवस्था कार्यालय बिर्तामोडमा दर्ता कायम रहेको मे १ ब ५९७ नम्बरको मोटरसाइकल इलाका प्रहरी चौकी सुरुङ्गामा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।
कनकाई नगरपालिकाको नाममा दर्ता कायम रहेको मे १ ब ५९७ नम्बरको १२५ सीसीको टीभीएस कम्पनीको मोटरसाइकलमा मे १० प ३८८५ नम्बर राखेर प्रयोग गरिएको पाइएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सन २०१८ मा निर्माण भएको सो मोटरसाइकल २०७५ जेठ २७ गते श्री अटो लि. सुरुङ्गाको नामबाट कनकाई नगरपालिकाको नाममा नामसारी भएको यातायात व्यवस्था कार्यालय बिर्तामोडले जनाएको छ । कार्यालयका अनुसार नगरपालिकाको नाममा नामसारी भएपछि मोटरसाइकलमा मे १ ब ५९७ कायम गरिएको थियो । सो मोटरसाइकल जगदम्बा मोटर्स प्रालि काठमाण्डौले विरगञ्ज भन्सारबाट २०७५ साल बैशाख २८ गते इजाजत पत्र ६३६०९ मार्फत नेपाल भित्र्याएको थियो ।
श्री अटोको नाममा दर्ता हुँदा रहेको पुरानो मे १० प ३८८५ नम्बर राखेर कर्मचारीले सो मोटरसाइकल प्रयोग गरेको पाइएको छ ।
यातायात व्यवस्था कार्यालय बिर्तामोडका निमित्त कार्यालय प्रमुख पदम कट्टेलका अनुसार पुरानो नम्बर खारेज भइ नयाँ नम्बर कायम भइसकेपछि पुरानै नम्बर प्रयोग गर्नु गैर कानूनी मानिन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नम्बर नफेरेपछि कनकाई नगरपालिकाको मोटरसाइकल प्रहरी नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img