Homeसमाचारसामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति द्वेष फैलाएको आरोपमा खनाल पक्राउ

सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति द्वेष फैलाएको आरोपमा खनाल पक्राउ

झापा १४ कात्तिक । सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन प्रदर्शन गरेको भन्दै झापा दमकका एक व्यक्ति पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडा नं. ५ स्थायी घर भएका ४६ वर्षीय डिल्लीराम खनाल रहेको नेपाल प्रहरीको साइबर ब्यूरोद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका खनालमाथि विद्युतीय कारोबार ऐन २०६३ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ ।
कात्तिक १३ गते पक्राउ परेका खनालमाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट प्रहरीले सात दिनका म्याद पाएको छ ।
नेपाल प्रहरीले यसअघि २०७८ साल फागुन २० गते एक सूचना जारी गर्दै सामाजिक सञ्जालको दुरुपयोग गरी युट्युब, टिकटकलगायतमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्‍दै उक्त कार्य नगर्न प्रहरी प्रधान कार्यालय, साइबर ब्‍यूरोले आग्रह गरेको थियो ।


साथै यस्ता कार्य गरेको पाइएमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही हुने जनाउँदै सचेत समेत गराएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति द्वेष फैलाएको आरोपमा खनाल पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img