Homeसमाचारमुलुकको तत्कालीन आवश्यकता व्यवस्थामा परिमार्जन र अवस्थामा परिवर्तनः महामन्त्री शर्मा

मुलुकको तत्कालीन आवश्यकता व्यवस्थामा परिमार्जन र अवस्थामा परिवर्तनः महामन्त्री शर्मा

झापा १४ कात्तिक । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई तत्कालै नेपाल फर्किहाल्नुस् भन्ने परिवेश निर्माण भइनसकेको बताएका छन् ।
अमेरिकाको न्युयोर्कमा आइतबार सम्पन्न अन्तरक्रियामा बोल्दै उनले विदेशमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्किहाल्नुस् भन्ने कुरा भावनात्मक र सस्तो लोकप्रियता मात्रै हुने स्पष्ट पारे। नेपालको वर्तमान अवस्था र अबको बाटो नाम दिइएको सो कार्यक्रममा महामन्त्री शर्माले भने, ‘नेपालको अहिलेको आवश्यकता व्यवस्थामा परिमार्जन र अवस्थामा परिवर्तन हो।’
नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको सो कार्यक्रममा उनले नेपालमा लगानी गर्न गैरआवासीय नागरिकताको उपयोग वृहत्तर रूपमा गर्न जरूरी रहेको औंल्याए। महामन्त्री शर्माले जलविद्युत उत्पादन वृद्धि र वैदेशिक रोजगारको मर्यादा अभिवृद्धिमा जोड दिए।
सो कार्यक्रममा सोसलिष्ट इन्टरनेशनलका अन्तर्राष्ट्रिय उपाध्यक्ष खगेन्द्र जिसी, एनआरएनए न्युयोर्क अध्यक्ष हेमन्त मल्ल, नेकपा एमाले निकट प्रवासी मञ्चका अध्यक्ष कृष्ण लामिछाने, नेकपा माओवादी केन्द्र निकट प्रवासी मञ्च अमेरिकाक्यानाडा प्रमुख याम लामा, आदिवासी जनजाती महासंघका अध्यक्ष टोमा लामा लगायतले बोलेका थिए।
उनीहरूले नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिकालाई अझै विस्तारित र स्थापित गर्नु पर्ने धारणा राखेका थिए। नेपालको वर्तमान राजनीतिक, आर्थिक, सामाजिक अवस्थामा केन्द्रित रहेर सो कार्यक्रम गरिएको हो।
कार्यक्रममा नेपालका पुराना राजनीतिक दलसँग निकट प्रवासी संगठन आबद्ध पदाधिकारी, विभिन्न जातीय र धार्मिक संघसंस्था र न्युयोर्कमा रहेका नेपालीको सहभागिता रहेको महामन्त्री शर्माको सचिवालयले जनाएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमुलुकको तत्कालीन आवश्यकता व्यवस्थामा परिमार्जन र अवस्थामा परिवर्तनः महामन्त्री शर्मा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img