भद्रपुर । चार्जमा राखेको मोवायलमा फोन आएपछि उठाउने क्रममा झापाको गौरीगञ्जमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका वडा नं. १ टुनु बस्तीकी ५५ वर्षीय शिला बुढाथोकी रहेकी छन् ।
खेतमा काम गरेर घरमा आएका बुढाथोकी घरमा आउँदा चार्जमा रहेको मोवायलमा फोन आएको फोन उठाउने क्रममा अचानक करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर बुढाथोकीको निधन

































































































