HomeFeatured 2रोटरी क्लव अफ भद्रपुरको पदस्थापन

रोटरी क्लव अफ भद्रपुरको पदस्थापन

भद्रपुर । वर्ष २०२३/०२४ का लागि चयन भएको रोटरी क्लव अफ भद्रपुरको नयाँ कार्यसमितिले शुक्रबारदेखि पदभार ग्रहण गरेको छ ।
शुक्रबार साँझ आयोजित एक समारोहका बीच वर्ष २०२२/०२३ का अध्यक्ष ईश्वर अधिकारीले वर्ष ०२३/०२४ का अध्यक्ष विनोद चापागाईंलाई पदभार हस्तान्तरण गरेका हुन् ।
भद्रपुरस्थित होटल डे–ग्लो परिसरमा आयोजित समारोहका प्रमुख अतिथि रोटरीका पास्ट डिस्ट्रिक गभर्नर सन्तोषप्रसाद रिजालले पदस्थापन समारोहको उद्घाटनसँगै ०२३/०२४ का अध्यक्ष चापागाँईलाई सपथ गराएका थिए भने अध्यक्ष चापागाईंले आफ्नो कार्यसमितिको पदाधिकारी–सदस्यहरुको नाम घोषणासहित सपथ गराएका थिए ।
अध्यक्ष चापागाईंले डा. नवराज कोइरालालाई भाइस प्रेसिडेन्ट, सन्तोष पोखरेललाई प्रेसिडेन्ट इलेक्ट, उज्वल श्रेष्ठलाई प्रेसिडेन्ट नोमिनी, इशुभ कुमाई पाण्डेलाई सेक्रेटरी, नरेश पराजुलीलाई ज्वाइन्ट सेक्रेटरी, पवन श्रेष्ठलाई कोषाध्यक्षमा चयन गरेका छन् । यसैगरी, रोटरी फाउण्डेशनको एड्भाइजरमा टिकाराज ढकाल, चेयरमा अजय साहेवाला, मेम्बर विभुराज दाहाल र सुरज खत्री, पब्लिक इमेज एड्भाइजरमा आदित्य पराजुली, चेयर प्रदीप सरावगी, मेम्बर लोकबन्धु ढुंगाना र प्रकाशनाथ श्रेष्ठ, सर्भिस प्रोजेक्टतर्फ ईश्वर अधिकारी एडभाइजर, धनजुजु श्रेष्ठ चेयर, सञ्जय पोखरेल र निरज पराजुली मेम्बर, मेम्बरसीपतर्फ एड्भाइजरमा भेषराज ढकाल, चेयरमा सुभाषरत्न शाक्य, मेम्बरमा राजेन्द्र सिंह र रमेश श्रेष्ठ, क्लव एडमिनिस्ट्रेसनतर्फ एड्भाइजरमा दिपेश ढकाल, चेयरमा कविन राई, मेम्बरमा प्रदीपलाल श्रेष्ठ र मनोज पराजुली, टीईएसीएचतर्फ एड्भाइजरमा राजकुमार पोखरेल, चेयरमा समिरकुमार पोखरेल, मेम्बरमा प्रज्वल राई र राजनलाल श्रेष्ठलाई जिम्मेवारी दिइएको जानकारी दिएका थिए ।
यसैगरी, सर्जेन्ट एट आम्र्समा नितेश वर्मा, आईटी अफिसरमा डा. रामबाबु खड्का, वेब मास्टरमा गणेशलाल राजभण्डारी, क्लव मेन्टरमा राजिव खनाल, युथ सर्भिसमा राजु दाहाल, सोसियल मिडिया तथा क्लव बुलेटिनमा गौरब सुब्बा (मनोज) र रमेश पराजुलीलाई जिम्मेवारी तोकिएको घोषणा गर्दै अध्यक्ष चापागाईंले नयाँ कार्यसमितिका सबै पदाधिकारी–सदस्यलाई पद तथा गोपनियताको सपथ गराएका थिए । अध्यक्ष चापागाईंले क्लवका पूर्व अध्यक्षहरु सबैलाई सल्लाहकार चयन गरिएको पनि घोषणा गरेका थिए ।
नवनिर्वाचित सेक्रेटरी इशुभ कुमाई पाण्डेले सञ्चालन गरेको समारोहमा वर्ष ०२२÷०२३ का अध्यक्ष ईश्वर अधिकारीले आफ्नो कार्यकालमा गरिएका गतिविधि बारे जानकारी गराउँदै विदाइ मन्तव्य राखे । नवनिर्वाचित अध्यक्ष चापागाईंले आफ्नो कार्यकालमा गरिने सामाजिक गतिविधिकाबारे संक्षिप्तमा जानकारी गराउँदै प्रतिबद्धता मन्तव्य प्रस्तुत गरेका थिए ।
भाइस प्रेसिडेन्ट नवराज कोइरालाले स्वागत गरेको समारोहमा चार्टर प्रेसिडेन्ट किशोर पराजुलीले नवनिर्वाचित अध्यक्ष चापागाईंलाई चार्टर सर्टिफिकेट प्रदान गरेका थिए भने असिस्टेन्ट गभर्नर शुभ कुमाई पाठकले प्रेसिडेन्ट कलर हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि रिजालले रोटरी एक पवित्र उद्देश्य बोकेको सामाजिक संस्था भएको स्मरण गराउँदै रोटरीको सान र मर्यादा उच्च रहेकोले दीन–दुःखीलाई सहयोग गर्न तत्पर हुनुपर्ने बताए । रिजालले नयाँ कार्यसमितिलाई सेवामूलक कामको योजनाका साथ अघि बढ्न सुझाव दिए ।
यसैगरी, एसिसस्टेन्ट गभर्नर पाठकले स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाईको क्षेत्रमा रोटरीले उल्लेखनीय कार्य गरेको उल्लेख गर्दै आगामी दिनमा पनि योजना बनाउन सुझाव दिइन् ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पनि शुभकामना मन्तव्य राखेको समारोहमा रोटरी क्लव अफ भद्रपुरका पूर्व अध्यक्ष सुरेशकुमार अग्रवालले धन्यवाद ज्ञापन गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2रोटरी क्लव अफ भद्रपुरको पदस्थापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img