Homeसमाचारबिपत ब्यवस्थापनको पूर्वतयारीमा जुट्न एमाले अध्यक्ष कार्कीको आग्रह

बिपत ब्यवस्थापनको पूर्वतयारीमा जुट्न एमाले अध्यक्ष कार्कीको आग्रह

झापा । मनसुनी वर्षातको कारण उत्पन्न हुने समस्याबाट धनजनको क्षति हुनबाट जोगाउने कार्यमा जुट्न नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले आह्वान गरेका छन् ।
अध्यक्षको तर्फबाट अपिल सार्वजनिक गर्दै अध्यक्ष कार्कीले पार्टीका सम्पूर्ण जनसंगठनहरु, पालिका तथा वडा कमिटीहरु, स्थानीय क्षेत्रमा बसोबास गर्ने नेता नेतृत्वगण समेतलाई चनाखो रही बिपत ब्यवस्थापनको तयारीका लागि आवश्यकता अनुसार स्थानीय बिपत ब्यवस्थापन समिति गठन गर्न पनि अनुरोध गरेका छन् ।
स्थानीय प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटीजस्ता सामाजिक संघ–संस्थाहरुसँग सहकार्य गरी सम्भावित विपदको ब्यवस्थापनका लागि तयारी अवस्थामा रहन सरोकारवाला सबैमा विशेष अनुरोध गरिएको अपीलमा उल्लेख छ ।
यही असारको पहिलो दुई दिन पूर्वी पहाडी जिल्लाहरुमा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति चिन्ता ब्यक्त गर्दै अध्यक्ष कार्कीले झापा जिल्ला कमिटीको तर्फबाट उक्त घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
झापा जिल्लाको भूगोलका कारण मनसुनी वर्षातको समयमा कतै जलमग्न हुने, पानीको निकास नभएका समथर ठाउँका घरहरु डुबानमा पर्ने, नदी–खोला–खोल्साहरुमा पानीको बहाब धेरै हुँदा किनाराको जमिन कटान हुने समस्याबाट झापाबासीहरु सधैं प्रताडित रहेको उनको बुझाई छ ।
झापाको भूगोल भएर बग्ने ठूला नदी र खोलाहरु कनकाई, मेची, रतुवा, मावा, बिरिङ्ग, टाङ्गटिङ, निन्दा, अन्दुवा, घाग्रा, कमल आदिले यो वर्ष पनि हामीमा प्राकृतिक विपत्ती ल्याउन सक्ने सम्भावना कायमै रहेको तर्फ सजग रहन आग्रह गर्दै विगत वर्ष झैं हुनसक्ने प्राकृतिक विपत्तीबाट धनजनको क्षति हुन नदिन जिल्लास्थित सम्बन्धित सरकारी निकायहरु तथा स्थानीय सरकारहरुलाई सचेत रही आवश्यक पूर्वतयारी गर्न समेत अनुरोध गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिपत ब्यवस्थापनको पूर्वतयारीमा जुट्न एमाले अध्यक्ष कार्कीको आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img