Homeसमाचारबाढीबाट झापामा एकसय नौ घर प्रभावित

बाढीबाट झापामा एकसय नौ घर प्रभावित

बिर्तामोड । बिगत केही दिनयताको निरन्तरको बर्षात पछि आएको बाढीका कारण झापाका विभिन्न ठाउँ डुवान हुँदा डुवानग्रस्त क्षेत्रका स्थानिय विस्थापित भएका छन् ।
झापा भएर बग्ने ठूलो कनकाई, सानो कनकाई र अंधुवाखोलामा आएको बाढीका कारणका १०९ घर डुवानमा परेका हुन् ।
ठूलो कनकाई नदीमा आएको बाढीका कारण झापा गाउँपालिका वडा नं.–१ मिलनबस्ती पूर्वका ३० घरधुरी, सानो कनकाईमा आएको बाढीबाट झापा गाउँपालिकाकै वडा नं.–२ सडकबारीको ३४ घरधुरी डुवानमा परेका हुन् ।
त्यस्तै अंधुवा खोलामा आएको बाढीका कारण बाह्रदशी गाउँपालिका वडा नं.–२ सुकुम्बासी बस्तीको ४५ घरधुरी डुवानमा परेपछि ती घरधुरीमा बस्दै आएका १५० जनालाई स्थानीय दक्षिणेश्वर शिवमन्दिरमा स्थानान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।
त्यसैगरी मेची नदीमा आएको बाढी बाँध भत्काएर बस्तीमा पस्दा कचनकवल गाउँपालिका वडा नं.–४स्थित वयरवन र पोक्लावानका एकसय घरधुरी प्रभावित भएको सभापति ढकालले जानकारी दिए ।
बाढी पुर्याएको क्षतिबारे विवरण संकलन कार्य जारी रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबाढीबाट झापामा एकसय नौ घर प्रभावित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img