काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको अन्तिम बिदार्इ गरिएको छ ।
बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरिएको हो ।
दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा श्रीमान् प्रचण्डसहित छोरीहरु रेणु र गंगाले दागबत्ती दिए । सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरियो । अन्तिम संस्कारमा विभिन्न दलका नेता तथा शुभेच्छुकको सहभागिता रहेको थियो ।
अन्तिम विदाई अघि दिवंगत सीतालाई माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
श्रद्धाञ्जली अर्पण गर्न माओवादीका शीर्ष नेता कार्यकर्ताहरू आफन्तका पेरिसडाँडामा पुगेका थिए । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत नेताहरू सीतालाई श्रद्धाञ्जली अर्पण गर्न पशुपतिस्थित आर्यघाट पुगेका थिए ।
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सीताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएका थिए भने नेपाली सेनाको टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो । सीताको ६९ वर्षको उमेरमा मंगलबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
प्रधानमन्त्री प्रचण्डपत्नी सिताको राष्ट्रिय सम्मानका साथ बिदाई

































































































