Homeसमाचारसेप्टिक ट्यांकमा डुबेका बालकको निधन, स्कूल सञ्चालक प्रहरी नियन्त्रणमा

सेप्टिक ट्यांकमा डुबेका बालकको निधन, स्कूल सञ्चालक प्रहरी नियन्त्रणमा

बिर्तामोड । झापाको धुलाबारीको सानो साथी किन्डर गार्टेनको शौचालयको सेप्टिक ट्यांकमा खसेर गम्भीर अवस्थामा भेटिएका तान्छोक लिम्बूको उपचारका क्रममा निधन भएको छ ।
८ वर्षीय उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान १०ः३० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ ।
सानो साथी किन्डर गार्टेनमा अध्ययरत लिम्बू सोमबार शौचालय जाने क्रममा सेप्टिक ट्यांकमा खसेर घाइते भएका थिए । बालक सेप्टिक ट्यांकमा खसेको थाहा पाएपछि विद्यालय सञ्चालक मनोज गुरुङ आफैँ ट्यांकभित्र पसेर निकालेका थिए । त्यसपछि अस्पताल पनि उनैले पुर्याएका थिए । उनलाई बेहोस अवस्थामा उद्दार गरी सोमबार दिउँसो २ बजे अस्पताल भर्ना गरिएको थियो ।
स्कूलमा खाजा खाएर शौचालय जाने क्रममा शौचालयको ढोका अगाडि रहेको सेप्टिक ट्यांकभित्र खसेका थिए । सेप्टिक ट्यांकको प्वाल छोप्न मक्किएको प्लाइको प्रयोग गरिएका कारण त्यसमाथि लिम्बू हिँड्दा भित्र झरेको बताइएको छ ।
उनको चिन्ताजनक अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । बालक लिम्बूको फोक्सोमा पानी जमेर श्वासप्रश्वासमा गम्भीर समस्या भएकाले सुधार हुन कम्तिमा ४८ घण्टा पर्खनुपर्ने चिकित्सकले जनाएका थिए ।
पानीमा डुब्दा पानी धेरै खाएकाले बालकको ठुलो आन्द्रामा समेत समस्या आएको तथा निमोनिया समेत भएको चिकित्सकले बताएका थिए ।
बालक सेप्टिक ट्यांकमा खसेर घाइते भएसंगै विद्यालय सञ्चालक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका गुरुङमाथि कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार जाहेरीका आधारमा कारबाही अघि बढाइनेछ । बालकको निधनपछि अप्रिय घटना हुन नदिन विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसेप्टिक ट्यांकमा डुबेका बालकको निधन, स्कूल सञ्चालक प्रहरी नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img