HomeFeatured 2बिर्तामोड नगर अस्पताल जाने सडक नबनेपछि स्थानीयले रोपे धान

बिर्तामोड नगर अस्पताल जाने सडक नबनेपछि स्थानीयले रोपे धान

बिर्तामोड । ठेकेदारको लापरवाहीका कारण सास्ती भोग्नुपरेको भन्दै स्थानीयले बिर्तामोड नगर अस्पताल जाने सडकमा धान रोपेका छन् ।
बिर्तामोड—३ स्थित नगर अस्पताल जाने रंगशाला उन्नती मार्गको सडक ठेकेदार हिमाल सिटौलाको लापरवाहीका कारण अलपत्र परेर हिलाम्मै भएपछि स्थानीयले विरोधस्वरुप सडकमा धान रोपेका हुन् ।
कालोपत्रे र प्लमको ठेक्का लिएको ओमसाई निर्माण सेवाले ठेक्काको म्यादभित्र काम पूरा नगरेपछि अलपत्र बनेको सडकमा आवतजावतका लागि समस्या भाग्दै आएका छन् । नगर अस्पताल जाने मुख्य बाटो रहेको सडक नबनिंदा सेवाग्राही, स्वास्थ्यकर्मी र स्थानीयहरुलाई सो बाटो भएर हिड्न कठिन भएको छ । मानिसहरु बीच बाटोबाट हिड्न नसकी प्लमबाट हिड्नुपर्ने बाध्यता छ । सडक अलपत्र पारेर छोड्दा सडक छेउको खाल्डोमा बालबालिका डुब्ने खतरा बढेको छ । विद्यार्थी र अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सास्ती भएकोले विरोधस्वरुप सडकमा धान रोप्नुपरेको स्थानीय छायाँ कडरियाले बताइन् ।
४७१ मिटर लम्बाई र ८ मिटर चौडाई कालोपत्रे र प्लम निर्माण गर्नका लागि ओमसाई निर्माण सेवाका प्रोप्राइटर सिटौलाले ८२ लाख ८३ हजार ३४६ रुपैयाँमा ठेक्का लिएका थिए । फागुन १५ गते ठेक्का सम्झौता गरेका सिटौलाले असार ५ मा काम सक्नुपर्ने म्याद रहेको थियो । उनले पाएको म्याद सकिए पनि निर्माण कार्य सम्पन्न नहुँदा सडक हिलाम्मै बनेको हो ।
म्याद सकिँदासम्म ठेकेदारले प्लमको काम मात्र सकेका छन् । कालोपत्रे गर्नुअघि ग्राभेलसम्म गर्न नसक्दा सडक पुरै हिलाम्मे भएको छ । मानिसहरु त्यस बाटोबाट हिड्न नसकी अन्यतिरबाट घुमेर अस्पताल जाने गरेका छन् । काममा निकै ढिलासुस्ती गरेपछि बिर्तामोड नगरपालिकाले ठेकेदार सिटौलालाई २ पटक लिखित चेतावनी दिएको थियो ।
नगर अस्पतालजस्तो संवेदनशील ठाउँमा जाने बाटो अलपत्र पारेर छोड्नु गलत भएको भन्दै स्थानीयले सो सडकको निर्माणमा ठेकेदारले सुरुवातदेखि नै बेवास्ता गरेको बताए । निर्माण कम्पनीले उक्त क्षेत्रमा आयोजना बोर्ड समेत राखेको छैन भने उपभोक्ता समिति समेत गठन गरिएको छैन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोड नगर अस्पताल जाने सडक नबनेपछि स्थानीयले रोपे धान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img