भद्रपुर । नेपालमा गरिबी, शिक्षा तथा जनचेतनाका कमीका कारण घरेलु हिंंसा र मानब बेचविखन हुने गरेको झापाको भद्रपुरमा आइतवार आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । महिला बिकास र कानून मञ्च एफडब्लुएलडी झापाद्वारा आयोजित मानव बेचविखन तथा ओसार प्रसार नियन्त्रण सम्बन्धि पालिकाको भूमिका बिषयक छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताए। कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले गरिबीका कारण हिंसा हुने गरेको बताउदै हिंसा तथा ओसार प्रसार रोक्न सबै सामाजिक संघसस्थाको भूमिका अपरिहार्य भएको धारणा राखे । भद्रपुर नगरपालिकाले छिट्टै स्थानिय तहमा कानुन बनाएर हिंसा तथा ओसारप्रसार नियन्त्रण गर्न कठिबद्ध रहेको बताए। नगर उपप्रमुख राधा कार्किले नपाले ओसारप्रसार रोक्न विशेष प्रयास गरिरहेको बताए । सहभागीहरुले बैदेशिक रोजगारमा जाने बहानामा तथा खुला सिमाका कारण मानव बेचबिखन तथा ओसार पसार हुने बताइन् । स्थानिय प्रत्येक वडा तथा टोल टोलमा नियन्त्रण कक्ष रहनु पर्ने उपमेयर कार्कीको जोड थियो । कानून व्यवसायी सविन श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै मानव बेचबिखन ओसार प्रसार ऐन २०६४ बारेमा जानकारी गराए । छलफलमा भद्रपुर नगरपालिकाका २ ,३ ,६ ,७ र १० का वडाध्यक्षहरु क्रमशः रामबहादुर कंडेल , हेमबहादुर कार्की, रतिया राजबंशी, अभिषेक ढुङ्गाना र टेकबहादुर खड्का काजीले धारणा राख्दै आ आफ्नो वडामा भएका हिंसा सम्बन्धि गतिविधका बारेमा अवगत गराएका थिए । मञ्चकी केन्द्रीय सदस्य तथा नगर पूर्व उपप्रमुख चन्द्रमाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न छलफलको सहजिकरण कानून व्यवसायी देवी निरौला अधिकारीले गरेकी थिइन् । छलफलमा सरोकारवाला संघ संस्थाहरुबाट रेखा अधिकारी, शिला खड्का, बिक्रम वाग्ले, कञ्चना ढकाल सिटौला जिवनकला राउत ,सन्जु कोईराला लगायतले हिंसा न्यूनिकरण र मानब ओसार पसार नियन्त्रणका क्षेत्रमा गर्न सकिने कामबारे सुझाव दिएका थिए ।
































































































