Homeसमाचारबिकास निर्माण कार्य स्तरहिन भएको भन्दै भद्रपुरबासीले उठाए प्रश्न

बिकास निर्माण कार्य स्तरहिन भएको भन्दै भद्रपुरबासीले उठाए प्रश्न

भद्रपुर। झापाको सदरमुकाम अवस्थित भद्रपुर नगरपालिका भित्र रहेका विकास निर्माणका कार्यहरुमा सुस्त तथा स्तरहिन भएको भन्दै स्थानीयले प्रश्न उठाएका छन् ।
नगरपालिकाद्वारा चन्द्रगढीमा शनिवार आयोजित सार्वजनिक सुनुवाईमा सहभागीले मेची प्रादेशिक अस्पतालको नव निर्मित भवनमा पानी चुहुने गरेको र गुणस्तरहिन सामग्री प्रयोग गरिएको, अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला (जीपी) सभागृह निर्माण कार्य पूरा गर्न नगरपालिकाले कुनै पहल नगरेको बर्षौदेखिको भद्रपुरको शीत भण्डार अलपत्र अवस्थामा रहँदा पनि नगरपालिकाले कुनै चासो नदेखाएको भन्दै प्रश्न उठाएका हुन्।
सार्वजनिक सुनुवाईका सहभागीले नगरपालिकाले निर्माण गरेका सडकहरुमा कमसल सामग्रीको प्रयोग गिरिएको दक्ष प्राविधिकको व्यवस्था नगरिएको अनुगमनलाई निरन्तरता नदिएको लगायतका गुनासालाई नगरपालिकाले समेट्न नसकेको उनीहरुको भनाइ रहेको छ । कार्यक्रममा बोल्दै नागरिक अगुवा लक्ष्मण बस्नेतले भद्रपुरको अलपत्र अवस्थामा रहेको शीत भण्डारी निर्माण कहिले हुने भनेर साथै कोशी प्रादेशिक अस्पतालको नवनिर्मित भवनमा किन छतबाट पानी चुहुँदा पनि स्तरहिन सामग्रीको प्रयोग गरिंदा ठेकेदारलाई कारवाहीको पहल नगरिएकोमा आपत्ति भयो । यसै गरि प्रेम खनाल डिल्लिराम पोखरेल लगातयका सहभागीहरुले चन्द्रगढीमा अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला सभाहल निर्माण कार्यका लागि नगरपालिकाले कुनै पहल नगरेको नगरपालिका आर्थिक बेरुजुका कारण करोडौ रकम अपचलन हुने गरेको सेवाग्राहीहरुको कामा ढिलासुस्ति हुने गरेको, जनप्रतिनिधी कर्मचारीहरु विचको एकता कायम हुन नसकेको लगायतका बेतिथिकाबारेमा प्रश्न उठाएका थिए ।
सहभागीहरुको जवाफ दिंदै नगरप्रमुख गणेश पोखरेलले भारत सरकारवाट सुरुवात गरिएको शितभण्डारलाई कार्यान्वय गर्न नगरपालिकाले पहल गरिरहेको, नवनिर्मित मेची प्रादेशिक अस्पतालका बिषयमा ठेकेदारसंग कुरा भईरहेको र समस्या समाधान नभएमा कारवाहिको लागि सम्बन्धित निकायमा सिफारिस पठाउने, जीपी सभागृह निर्माणकार्य अगाडि बढाउन पहल भइरहेको बताउदै चुस्त प्रशासनसहितको नगरपालिका बनाउन प्रतिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाए। सहभागीहरुको जवाफ आ आफ्नो क्षेत्रवाट नगर उपप्रमुख राधा कार्की, प्रमुख प्रशाकिय अधिकृत टेककुमार रेग्मी, सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका प्रमुख रुपक आचार्य लगायतले सवालका जवाफ दिएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिकास निर्माण कार्य स्तरहिन भएको भन्दै भद्रपुरबासीले उठाए प्रश्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img