कुकुर घरपालुवा जनावार हो । परिवारको सदस्यको रुपमा पनि रहने गरेको छ । तर केही कुकुरहरुले मानव बस्ती भन्दा अलिपर आफ्नै बस्ती छुट्टै निर्माण गरेछन्। त्यहाँ केही कुकुरका हुलहरु थिए । तिनीहरु मध्येको एक महासेठ कुकुर थियो । उ सधै अरु भन्दा ठालु बन्थ्यो र निक्कै महान ठान्थ्यो । तर, सुख र शान्ति कसैलाई दिदैनथ्यो । कसैले उ भन्दा मीठो खाएको राम्रो लगाएको परिवारसग हाँसीखुसी रहेको त उस्को नजरले देख्नै नसक्ने । परिवार अनि समाज अहंकार र बड्पनले चल्न सक्दैन अहंकारमा समस्या नै समस्या हुन्छ । अपनत्वमा इज्जत, सम्मान साथै रमाइलो स्वर्गीय आनन्द पाइन्छ भन्ने उसलाई थाहै नभए झै अनेक षडयन्त्र र बहानामा सामाजिक बाताबरणमा धमिलो कणहरु मिसावट गर्न सधै अग्रसर उसका गिद्धे नजरले अरुका श्रीमती र छोरीमा भएको सुन्दरता त झन देख्नै हुन्थ्यो । बस्ती भरिका कुकुरका परिवारहरु उसको अत्यचारबाट पिरोलिएर बाँचेका थिए । तर उसको बिरुद्धमा उठ्ने आँट कसैले गर्दैन थिए । हरपल हरक्षण उसकै सेवामा लाग्न बिवस थिए । उसको बर्वादीको दिन पर्खदै र अत्यचारीलाई धारेहात पार्ने बाहेक अरु केहि उपाय थिएन।
आफुलाई सधै महान ठान्ने कुकुरले आफ्नो बस्ती र सम्प्रदायमा आएका बिकास निर्माण देखि विभिन्न सेवा सुबिधाहरुलाई कुम्ल्याएर रातारात स्यालसंग गठबन्धन गरेछ । आत्मनिर्भर भने फिट्टो हुन नजान्ने परनिर्भर भएर बाँचेको आच्चे उसको जय जयकार लगाउने नाता सम्बन्ध तोडेर स्वार्थी स्यालसंगको साँठगाँठ कतिन्जेल चल्ला र ।
सोझा साझा कुकुरहरु संगठित स्याल कुकुरका तमासा हेरिरहेका थिए । सुरु सुरुमा त सेठ कुकुरलाई स्यालले काँधमै बोकेर हिड्यो स्यालको काँधमा चढेको कुकुर नतमस्तक थियोे तर स्यालको स्वार्थ बुझ्नै सकेको थिएन । दिनभरी काँधमा राखेर मस्त निन्द्रामा निदाएको कुकुरको शरीरभित्रको आन्द्राभुँडी नै सिध्याएर मरणासन्न अवस्थामा आधा बाटोमा नै छाडेर स्याल आफ्नो सुन्दर संसार निर्माण गर्न थाल्छ । हिजो आफुलाई सर्बश्रेस्ठ ठान्ने कुकुर मृत्युुसंग लडिरहेको छ । सोझा साझा कुकुरहरुले स्वतन्त्र जीवन जिउन पाएर मख्ख छन । हिजो तागत हुदा हात्ती ,बाध, गैडा देखि किरा फट्याङ्ग्रासम्मलाई कुकुरको छेउ पर्न सक्दैन थिए आफुलाई जंगलको राजा ठान्ने सिंह पनि त्यस कुकुरको नाम सुन्दै सास दबाएर बस्थ्यो । जिउदो लास बनेर बिच बाटोमा ढलेको कुकुरलाई कसैले कठैबरा भन्नको साटो सबैले थुक्दै फोहर सिनो भनेर नाक थुनेर हिडे । कसैले हिजोको बदला तिर्न कुल्चिएर हिड्न थाले । आखाको ज्योति गुमिसकेको थियोे आफ्नो र पराया छुटाउन त परको कुरा उसको वरिपरि भुनभुनाउने झिगा भुसुना धपाउने ताकत पनि थिएन।
मृत झै ढलेको कुकुरको आहारा बनाउदै गिद्घ भन्छ ए बुद्धि सकिएको जनावर मित्रता पनि बुझेर जोड्नु पर्छ क्या । दोस्रोलाई लडाउने कोसिस गर्दा आफै आधा मरो बनिस् । जवान छँदा त स्यालले शरीरको भित्री अंग सिघ्दयाएको थाहा नपाएको कुकुरले न त गिद्धको आवज सुन्यो न ठुगाईको पीडा महसुस गर्यो गिद्धको पालो सकिएसी काग आएर भन्छ मलाई धेरै हेला गर्थिस तर म राम्रो र नराम्रो स्पस्ट भन्छु न चिप्लो घसेर लठ्ठ पार्न आउँछ न त कानेखुसी गर्नेुनै आउँछ । स्यालले तेरो यो हालत पारेको देखेर म धेरै कराए तर तैले मेरो बोलिको खिल्ली उडाईस , कमसेकम स्यालको पिठिउबाट झरेर एक्लै हिडेको थिइस भने सामान्य चोटपटक लाग्थ्यो होला तर प्राण नै जाने थिएननी । कागलाई मृत कुकुरको दया लागेर आयो । भोकाएको कागले कुकुरलाई आहारा बनाउन सकेन् । शरीर भरि चोटैचोट बोकेर ढलेको कुकुरलाई एकोहोरो हेरिरहेको थियो। कागको अगाडि गल्तीको याचना गर्दै कुकुरको आत्मा बोल्छ ! काग दाजै जे जे गल्ती गरे यसलाई भुलेँ, भन म पुनर्जन्म लिएर के गरौ ? कागले भन्यो घमण्ड त्यागेर बफादार बन्नु म भन्न छोडेर हामी र हाम्रोलाई सम्हाल्नु । अनि स्वाभिमान कहिलै नभुल्नु । सुन मित्र परनिर्भर हैन आत्मनिर्भर बन्नु म त भन्छु पुनर्जन्म लिंदैनलिनु ।
स्याल र कुकुर

































































































