आफू यो सिजन आँपको हो । आँपलाई फलफूलको राजा पनि मानिन्छ । सिजनको फल भएकोले नै हुनुपर्छ बजारमा थरीथरीका आँप किन्न पाइन्छ । आँप खाँदा स्वादिलो हुनुका साथै यसबाट शरीरलाई चाहिने भिटामिन ए, बी, सी, रेशा लगायतका पोषक तत्वहरु पनि पाइन्छ । तर धेरै खायो भने शरीरलाई नै असर गर्छ।
आँपलाई कसरी खाने भन्ने कुरा आफ्नो रोजाइमा भरपर्छ । काटेर, जुस बनाएर वा अचार बनाएर कसरी खाने मिल्छ । आँप जसरी खाएपनि खानु अघि १२ घण्टा पानीमा डुबाउनु पर्ने विशेषज्ञहरु सुझाव छ । त्यसको मुख्य कारण हो विषादी खानबाट बच्नु । बजारमा बिक्रीका लागि राखिएको आँपमा विषादी प्रयोग गरेर पकाएको आँप नै बढी हुन्छन्। आँपलाई पानीमा डुबाएर राख्दा आँपमा रहेको विषादी निस्केर जाने अनुमान विशेषज्ञहरुको बुझाई छ ।
कसले कति खाने ?
साना केटाकेटी, ज्येष्ठ नागरिक, पाचन प्रणाली कमजोर भएका व्यक्तिले आँप खाँदा एकदुई चानादेखि एउटा सिङ्गो दानासम्म खान मिल्छ । युवाले पनि दिनमा दुईदेखि तीनवटासम्म आँप खान मिल्छ । तर भरसक एकै चोटी नखानु राम्रो ।
आँपको अचार बनाएर पनि खान मिल्छ । आँपबाट बनेको अचार तुरुन्तै वा एक हप्तासम्म खान मिल्छ । स्वास्थ्यका दृष्टिले त्यो भन्दा बढी समय राखेको अचारमा ढुसी लाग्न सक्छ । ढुसी लागेको वा अचारमा मिसिएको चिनीले शरीरलाई असर गर्छ ।
मधुमेहका बिरामीले आँप खाँदा शरीरमा चिनीको मात्रा हेरेरमात्रै खानुपर्छ । आँपमा चिनीको मात्रा धेरै हुने भएकाले, आँप खाँदा यसले रगतमा चिनीको मात्रा बढाउन सक्छ । मधुमेहका बिरामीको शरीरमा ब्लड सुगर लेबल तीन सयभन्दा धेरै भए आँप खानै हुँदैन । तर ब्लड सुगर लेबल एक सय ६० देखि ७० सम्म वा आसपास भए एक÷दुई चाना आँप खाँदा हुन्छ ।
मधुुमेहका रोगीले आँप खानै हुँदैन भन्ने कुरा पनि गलत हो । अरुले खाएको हेर्दा वा आफू खान नपाउँदा पनि शरीरमा चिनीको मात्रा बढ्न सक्छ । त्यसैले आँप खाएर हिंड्डुल वा कसरत गर्नुपर्छ । यसोगर्दा आँप खाँदा पाइने शक्ति खर्च हुन्छ । छालाको एलर्जी भएकाले डाक्टरको परामर्शमा मात्रै आँप खानुपर्छ।
धेरै आँप खाँदा शरीरले पचाउन सक्दैन र झाडापखाला लाग्न सक्छ । कोहीलाई त पखालासँगै ज्वरो आउने र छालामा समस्या पनि देखिन सक्छ ।
कस्तो आँप खान हुँदैन
अहिले आँपको सिजन भएकाले बजारमा विषादी प्रयोग गरेर पकाइएका आँप छ्याछ्याप्ती भेटिन्छ । त्यसैले शुरुमा त आँप किन्ने बेलामै सचेत हुनुपर्छ । विषादी हालेर पाकेका आँप हेर्दा एकैनासको पहेँलो वा सबैतिर पाकेजस्तो देखिन्छ । कुनै आँप हेर्दा पाकेको जस्तो देखिए पनि छाम्दा काँचो हुन्छ । तर बोटमै पाकेको आँप हेर्दा कतै पहेँलो कतै हरियो देखिन्छ । बजारमा पाइने डब्बाको आँप, प्याकेटको आँप वा म्याङ्गो जुस खान हुँदैन ।
आँप खाँदा ध्यान दिनुपर्ने कुरा
