HomeFeatured 2प्रतिकुल मौसमका बाबजुद मेहेलेमा पुग्यो औषधि र राहत

प्रतिकुल मौसमका बाबजुद मेहेलेमा पुग्यो औषधि र राहत

ताप्लेजुङ । प्रतिकुल मौसमका बाबजुद ताप्लेजुङको पहिरो प्रभावित क्षेत्र मेहेलेमा बुधवार नेपाली सेनाको राहत र औषधी पुर्याइएको छ । सेनाले हेलिकोप्टरमार्फत औषधि र राहत सामग्री पुर्याएको हो। मेहेलेमा रहेको स्वास्थ्य चौकी समेत पहिरोले बगाएपछि त्यहाँ औषधि अभाव रहेको थियो।
केही औषधि पुरिएकै ठाउँबाट निकालेर घाइतेको प्राथमिक उपचार गरिएको थियो। औषधि, त्रिपाल, कम्बल, लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिईन्। ताप्लेजुङस्थित नेपाली सेनाको भीमकाली गुल्मका निमित्त गुल्मपति सहसेनानी शेरबहादुर कार्कीले लगभग चारसय किलोग्राम राहत सामग्री मेहेलेस्थित निलगिरी माविको प्रांगणमा झारिएको जानकारी दिए।
उनका अनुसार २१ नं बाहिनीपति धनबहादुर थापाको निर्देशन र जिल्ला बिपद् व्यवस्थापन समितिको समन्वयमा सेनाको हेलिकोप्टरले औषधि सहितको राहत सामगी मेहेले पुर्याएको हो।
नेपाली सेनाको भीमकाली गुल्मका उपसेनानी सुजन कार्कीले तत्कालका लागि पहिरो अति प्रभावित बासिन्दाका लागि राहत पहिलो चरणको राहत पुगेको र मेहेले पठाई बाँकी रहेको औषधि स्वास्थ्य कार्यालय ताप्लेजुङलाई जिम्मा लगाईएको बताए। गुल्मका निमित्त गुल्मपति कार्कीले नेपाली सेना सहितको संयुक्त सुरक्षा टोलीले पहिरोबाट बेपत्ताको खोजी कार्य जारी राखेको र जोखिम प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य गरेको जानकारी दिए। शसस्त्र प्रहरी बल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक बिनोद थापाले पहिरो प्रभावित क्षेत्रमा खटिएको टोलीले स्थानीय बासिन्दासंग मिलेर उद्धारको कार्य गरिरहेको जानकारी दिए। जिल्ला प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूले पहिरो प्रभावित क्षेत्रमा पुग्नै कठिन रहेको अवस्थामा ठाउँठाउँको बाटो बनाउँदै प्रहरी र सेनाको टोली राहत तथा उद्धारका लागि सक्रिय लागेको जानकारी दिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रतिकुल मौसमका बाबजुद मेहेलेमा पुग्यो औषधि र राहत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img