झापा । ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिका वडा न ६ मेहेलेमा केही दिनअघि गएको पहिरोमा परी मृत्यु भएका बाबुछोराको बुधबार अन्त्येष्टि गरिएको छ । पहिरोमा पनि मृत्यु भएका ३६ वर्षीय सुरेश राई र उनका बाबु ६७ वर्षीय बृद्ध केशरबहादुर राईको झापा स्थित कन्काइ नदीमा अन्त्येष्टि गरिएको हो । केही दिनअघि ताप्लेजुङ जिल्लामा गएको मेहेले मुकुभञ्ज्याङ पहिरोमा परी बाबु छोराको मृत्युभएको थियो ।
बाबु नेपाली कांग्रेसका क्रियाशील सदस्य र छोरा तरुण दलका नेता थिए । झापा अर्जुनधारा ६ माता मन्दिरस्थित निवासमा मृतकको पार्थिव शरीरमा कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
बाबु–छोराको दिउँसो कनकाइमाई नदीमा जातीय परम्परा अनुसार दाह संस्कार गरिएको छ ।
ताप्लेजुङको पहिरो परेर मृत्यु भएका बाबु छोराको कन्काईमा अन्त्येष्ठी

































































































