भद्रपुर । सेवा निवृत्त राष्ट्रसेवक समाज भद्रपुर झापाको चाैथो नगर अधिबेशनले दोस्रो कार्यकालका लागि पुनः मुक्तिनाथ दाहालको अध्यक्षमा १३ सदस्यीय नया कार्य समिति चयन गरेको छ ।
आगामी ३ बर्षे कार्यकालका लागि गठित समिति उपाध्यक्षमा धरणी शर्मा न्याैपाने, सचिवमा खड्गबहादुर बुढाथोकी सह सचिवमा ईश्वरीप्रसाद पाैडेल र कोषाध्यक्षमा दिपेन्द्र घिमिरेलाई सर्वसम्मत चयन गरिएको हो ।
यसै गरी सदस्यहरुमा क्रमशः केशवप्रसाद कोइराला, बैधमान् खड्का, लिलाबहादुर श्रेष्ठ ,कुलबहादुर बस्नेत , कृष्णप्रसाद सापकोटा, मणिकुमार दाहाल, बाबुराम पोखरेल र पशुपतिनाथ सुबेदीलाई सर्वसम्मत चयन गरिएको निर्वाचन समिति संयोजक माधवप्रसाद घिमिरेले जानकारी दिए ।
दाहालको अध्यक्षता तथा समाजका केन्द्रीय सह अध्यक्ष जय धर्म आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा अध्यक्ष दाहालले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
ज्येष्ठ नागरिक कल्याण भद्रपुर अध्यक्ष हरिकिसोर आचार्यले मन्तब्य राखेका थिए ।सो अवसरमा समाजलाई सहयोग गर्ने नारायण प्रसाद पराजुली र नरदेवि थापालाइ सम्मान समेत गरिएको थियो ।
सेवा निवृत्त राष्ट्रसेवक समाजकाे अध्यक्षमा पुन: मुक्तिनाथ

































































































