Homeसमाचारउद्योगलाई गुन्द्रुकको माग धान्नै गारो

उद्योगलाई गुन्द्रुकको माग धान्नै गारो

जोस्ना श्रेष्ठ
कोलबुङ
/ गुन्द्रुक मन नपर्ने सायद कमै होलान् ! बुढापाकाहरू यसलाई बोलचालको भाषामा छिटो तथा मिठो तरकारी भन्ने गर्दछन् । साँच्चै गुन्द्रुक छिटो र मिठो हुन्छ । छोटो समयमा यसको विभिन्न स्वादिलो परिकार बनाएर खान सकिन्छ  । जसरी खाए पनि यो मिठो हुन्छ । रायो र तोरीको सागको गुन्द्रुक पराम्परागत शैलीमा हामी आफै घरमै बनाउन सक्छौ । र आवश्यक परेको खण्डमा बजारबाट किन्छौ ।
पछिल्लो समय गुन्द्रुक, ढिडो र सिस्नो जस्ता मौलिक खानाको परिकार ठूला ठूला होटलमा समेत पाइने गरेको छ । दिन दिनै गुन्द्रुकको माग बढदो छ । माग अनुसारको उत्पादन नहुँदा नेपालमा चीनबाट गुन्द्रुक भित्रिने गरेको बताइन्छ ।
बढदो मागलाई ध्यानमा राखेर मुलुकमै गुन्द्रुक उत्पादन गरी बिदेशी आयात कम गर्न मुलुक मै पहिलो पटक ईलामको रोङ गाउँपालिका–३ मा गुन्द्रुक उद्योग संचालनमा ल्याइएको छ ।
गाउँपालिकाको १७ लाख, देवान छाप साना किसान सहकारी संस्थाको १५ लाख र अमेरिकी संस्था स्वीस फण्डको ३६ लाख लगानीमा सो उद्योग संचालनमा ल्याइएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिइन् । स्थानीय किसानले उब्जनी गरेको साग बिक्री नभएर यसै कुहिएर खेर जाने तथा गाई बस्तुलाई खुवाउनु पर्ने बाध्यात्मक परिस्थिति अन्त्य गर्न गुन्द्रुक उत्पादन शुरु गरिएको उपाध्यक्ष भुजेलको भनाई छ ।
पालिकाले खाद्य प्राविधिक नै राखेर गुन्द्रुक बनाउन शुरु गरेको हो । पालिकाको खाद्य प्राविधिक दिक्षा भट्टराई रोङ गाउँपालिकाले परिक्षणको रुपमा शुरु गरेको प्रसोधन उद्योगमा मुलुक कै गुणस्तरीय गुन्द्रुक तयार भएको र परिक्षण सफल भएको बताइन ।
गुन्द्रुक स्वास्थ्यको दृष्टिकोणले पनि लाभदायक साथै सुत्केरीलाई समेत खुवाउन सकिने उनी बताउँछिन् । प्राविधिक भट्टराईका अनुसार गुन्द्रुक बनाउन उद्योगमा सागको पत्ता र ढाठलाई छुटयाई, तीन पटक सम्म धोएर, कटिङ र रोलिंग पछि ड्रममा राखिन्छ । दही बनाउनलाई जोडनको प्रयोग गरे जस्तै गुन्द्रुक बनाउन जोडन प्रयोग गरिन्छ ।
उनका अनुसार परिक्षण कालमै उद्योगले ५५० केजी गुन्द्रुक तयार गरी बिक्रीका लागि राखेको छ । बिक्रीका लागि राखिएको उक्त गुन्द्रुक बाहिरबाट माग भए पनि यस पटक भने मुलुक भित्रै बिक्री गर्ने गाउँ पालिकाको योजना रहेको छ ।
तयारी अवस्थामा रहेको गुन्द्रुकको बजार मूल्य प्रतिकिलो एकहजार तीनसय रूपैयाँ केजी निर्धारण गरिएको छ । साथै उद्योगले सय किलो सिस्नोको चिया समेत तयार गरेको थियो ।
सिस्नोलाई चिया र दाल दुवै रूपमा प्रयोग गर्न सकिन्छ ।
गाउँपालिकाले शुरु गरेको गुन्द्रुक उद्योगमा गुन्द्रुक सुकाउने, रोल गर्ने लगायतका विभिन्न आधुनिक मेशिनहरू जडान गरिएको छ । साथै गाउँ पालिकाले शुरु गरेको यस उद्योगमा दैनिक १५ देखि २० जनाले सिजनमा रोजगार पाउने गरेका छन् । आगामी दिनमा गाउँपालिकाले ६ वटै वडामा गुन्द्रुक उद्योग सञ्चालनमा ल्याउने योजना लिएको छ  ।
पछिल्लो समय स्वदेश तथा विदेशमा दैनिक गुन्द्रुकको माग बढीरहेको अवस्था छ । माग बढीरहेको अवस्थामा घरायसी रूपमा बनाइएका गुन्द्रुकले माग धान्न सक्ने अवस्था छैन र बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ ।
दैनिक लाखौं नेपाली युवा युवतीहरु बैदेशिक रोजगारीमा पलायन भैरहेको अवस्थामा मुलुक भित्रै पनि गरे जे हुन्छ भन्ने शिक्षा रोङ गाउँपालिकाले दिएको छ ।
रोङले नेपाली मौलिक तरकारी गुन्द्रुकको संरक्षण, सम्बद्र्धन र बजारिकरण सगै स्थानीय किसानको उत्पादनको बजार समस्या समाधान साथै रोजगारीको अवसर सिर्जना, बिदेशी आयात रोक्न प्रयास गरेको देखिन्छ ।
रोङ गाउँपालिकाले शुरु गरेको गुन्द्रुक व्यवसायिक प्रशोधन केन्द्र मुलुक कै निम्ती उदाहरणीय छ  ।
यस्ता कार्यको अरूले पनि अनुसरण गर्न जरुरी छ । गुन्द्रुकबाट मुलुकलाई आत्मनिर्भर बनाउने तर्फ सबैले सोच्न जरुरी छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारउद्योगलाई गुन्द्रुकको माग धान्नै गारो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img