Homeसमाचारखेलकुदको दीर्घकालीन विकासका लागि मन्त्री लिम्बूको प्रतिबद्धता

खेलकुदको दीर्घकालीन विकासका लागि मन्त्री लिम्बूको प्रतिबद्धता

भद्रपुर । संघीय युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले खेलकुदको दीर्घकालीन विकासका लागि खेलाडीको जीवन विमा अन्र्तराष्ट्रिय मापदण्ड अनुसार गर्ने तयारी थालिएको जानकारी दिएका छन् ।
मेची अञ्चलकै पुरानो रङ्गशालाको पहिचान पाएको मेची रङ्गशालाको स्थलगत अनुगमनका लागि भद्रपुर आइपुगेका मन्त्री लिम्बूले झापा जिल्ला खेलकुद समितिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
विगतमा आफू पनि खेलाडी रहेको स्मरण गर्दै मन्त्री लिम्बूले सन्सारलाई जित्ने माध्यम खेल भएकोले यसको विकासका लागि खेलाडीको जीवन सुरक्षा नै खेलको दीर्घकालिन संरक्षण भएको स्पष्ट पारेका हुन् ।
उनले आगामी आर्थिक वर्षको वजेटमा झापाको कमल स्थित आदिवासी रङ्गशालाका लागि एक करोड र भद्रपुर स्थित मेची रङ्गशालाका लागि बीस लाख वजेट विनियोजन भएको जानकारी दिएका छन् । मन्त्री लिम्बूले नेपालको खेलकुदको विकासका लागि सरकार र निजी क्षेत्रको सम्युक्त प्रयास जरूरी रहेको समेत बताएका छन् ।
खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी प्रशान्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलकुद मन्त्री लिम्बूलाई बधाई तथा शुभकामना दिँदै सम्मान समेत गरिएको थियो भने झापाबाट प्रतिनिधित्व गर्दै विभिन्न खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई नगद सहित सम्मान समेत गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारखेलकुदको दीर्घकालीन विकासका लागि मन्त्री लिम्बूको प्रतिबद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img