HomeFeatured 2शिवालय परिषरमा बृक्ष र फूल रोपण

शिवालय परिषरमा बृक्ष र फूल रोपण

बिर्तामोड असार । बिर्तामोड १ देवीपञ्च कन्यास्थित कैलासेश्वर शिवालय परिषरमा फूल तथा बृक्षारोपण कार्यक्रम गरिएको छ ।
देवीपञ्चकन्या टोलको आयोजनामा भएको कार्यक्रममा समी, बेल, धुपी, चमेली तथा विभिन्न जातका फूलसहित ७० वटा विरुवा रोपिएको अध्यक्ष जनक खड्काले जानकारी दिए ।
अध्यक्ष खड्काको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथिले संग्रौलाले बृक्षारोपणले टोल र शहरको सौन्दर्यीकरणमा दुरगामी प्रभाव पार्ने उल्लेख गर्दै संरक्षणमा ध्यान दिन आग्रह गरे ।
४ वर्ष अघिदेखि क्रियाशिल देवीपञ्चकन्या टोल विकास संस्थाले ३८ फिट अग्लो शिवालय निर्माण गरेको छ ।
बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि संग्रौला, अतिथिहरु योगचन्द्र आङबोहाङ, बेदप्रकाश अग्रवाल, टिकाप्रसाद संग्रौला लगायतले शुभकामना राखेका थिए ।
हेम कडरियाले सञ्चालन गरेको कार्यक्रममा स्वागत दिलकुमारी थपलियाले गरेकी थिइन । सो अवसरमा महिलाहरुले पञ्चेबाजासहितको झाँकी प्रस्तुत गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2शिवालय परिषरमा बृक्ष र फूल रोपण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img