HomeFeatured 2धुलाबारी माविले गर्‍यो सेवा क्षेत्र सर्वेक्षण प्रतिवेदन सार्वजनिक

धुलाबारी माविले गर्‍यो सेवा क्षेत्र सर्वेक्षण प्रतिवेदन सार्वजनिक

धुलावारी । कोसी प्रदेशमा दोस्रो बढी विद्यार्थी संख्या भएको धुलाबारी नमूना माध्यमिक विद्यालयले सेवा क्षेत्र सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ।
सेवा क्षेत्र भित्रका विद्यालय जाने उमेर समूह (५–१५) का बालबालिकाको वास्तविक अवस्था पत्ता लगाउने उद्देश्यले गरिएको घरधुरी सर्वेक्षण प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो। एक हजार ३६ घरमा पुगेर गरिएको सर्वेक्षणमा १० जना बालबालिका विद्यालय नजाने गरेको पाइएको छ। सार्वजनिक प्रतिवेदन अनुसार उनीहरू ५ देखि १५ वर्ष उमेर समूहका बालबालिका हुन् ।
कक्षा ११ का मानविकी तथा शिक्षा समूह विद्यार्थीले घरघर पुगेर लिएको तथ्यांकका आधारमा सो प्रतिवेदन तयार गरिएको हो। सो तथ्यांक संकलनका लागि विद्यार्थीहरु आठवटा समूह बनाएर एकहप्ता खटेका थिए । प्रतिवेदनमा विद्यालय नजानेमा ६ जना बालिका र ४ जना बालक रहेको उल्लेख छ। विद्यालयले मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको उपस्थितिमा सार्वजनिक गरिएको प्रतिवेदनमा ती बालबालिका विद्यालय जान नसक्ने कारण र समुदायसमेत खुलाइएको छ।
विद्यालय जान नसक्नुमा आवाजविहीन, अपाङ्गता, आर्थिक अभाव , बसाइँसराइ , उमेर नपुगेको, आफैं विद्यालय छाडेको र नागरिकता नभएको कारण खुलाइएको छ। सेवा क्षेत्रभित्रका मेचीनगर नगरपालिका ९, १० र ११ का वडाध्यक्ष विद्यालयमा बोलाएर प्रतिवेदन सार्वजनिक गरिएको हो। ती वडा सो विद्यालयको सेवा क्षेत्र हो। यद्यपि, कार्यक्रममा मेनपा ११ का वडाध्यक्ष रुद्र डाँगी अनुपस्थित थिए।
कार्यक्रममा मेनपा ९ का वडाध्यक्ष कञ्चन तामाङले सबैलाई विद्यालय जाने वातावरण बनाउन तयार रहेको प्रतिवद्धता गरे । मेनपा १० का वडाध्यक्ष नारायण खनालले आर्थिक अवस्था र अपाङ्गताको अवस्था अनुसार बालबालिकालाई पढ्न पाउने नैसर्गिक अधिकार दिलाउन आफू प्रतिबद्ध रहेको बताए। बुबाआमा दुबैको नागरिकता नहुनुका स्पष्ट कारण बुझ्ने काम भइरहेको र यथार्थ खुलेपछि पढ्ने वातावरणको ग्यारेन्टी गरिने बताए ।
शिक्षा शाखा प्रमुख भण्डारीले आधारभूत सीप हासिल गर्न सक्ने उमेर समूहका सबै बालबालिकालाई पढ्न पाउने अधिकारको प्रत्याभूति गरिने प्रस्ट्याए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेल, शिक्षक रमेश दाहाल, शिला खवास, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशविक्रम नेम्वाङले विद्यालयको अवस्था, सेवा क्षेत्र सर्वेक्षण, तथ्यांक विश्लेषण लगायतका बारेमा प्रस्ट्याएका थिए।
विभिन्न ६ बुँदे निष्कर्ष सहितको सो प्रतिवेदनमा धुलाबारी नमूना माविले नगरपालिका भित्रका विद्यालयको २५ प्रतिसत भार थेगेको लेखिएको छ। प्रतिवेदनमा सामुदायिक र संस्थागत विद्यालय जाने विद्यार्थीको संख्या लगायतको विवरण समेटिएको छ। सो विद्यालयमा तीन हजार सात सय विद्यार्थी अध्ययनरत छन् । धुलाबारी नमूना मावि झापाको सबैभन्दा बढी विद्यार्थी भएको विद्यालय हो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2धुलाबारी माविले गर्‍यो सेवा क्षेत्र सर्वेक्षण प्रतिवेदन सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img