Homeसमाचारपत्रकारलाई मोजो तालिम

पत्रकारलाई मोजो तालिम

कोल्बुङ / नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा पत्रकारहरुको क्षमता विकासका लागि मल्टी मिडिया तालिम ईलाममा सम्पन्न भएको छ ‌।
जेठ २६ देखि ईलामको कोल्बुङमा शुरु भएको तीन दिने मल्टी मिडिया तालिम आज सम्पन्न भएको हो ‌। तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य विसन राईले गरेका थिए भने तालिममा कोशी प्रदेशका विभिन्न जिल्ला झापा, ईलाम, तेह्रथुम , ताप्लेजुङ र भोजपुरका २० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
तालिममा मोबाइल पत्रकारिता (मोजो), मोबाइल टेक्स्ट, अडियो र भिडियो सहित मोबाइलबाटै छिटो समाचार सम्प्रेषण गर्ने विधि सिकाइएको थियो । तालिममा पहिलो दिन सैद्धान्तिक शिक्षा दिइएको थियो भने दोस्रो र तेस्रो दिन स्थलगत रिर्र्पोटिङसंगै मोबाइल पत्रकारिताको अभ्यास गराइएको थियो । प्रविधिको बढ्दो प्रयोगसंगै सहभागीले उत्साहका मोबाइल पत्रकारिता अभ्यास गरेका थिए ।
महासंघ कोशी प्रदेश अध्यक्ष लिला बल्लभ घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष घिमिरेले मोवायल पत्रकारिता समय सान्दर्भिक भएको उल्लेख गर्दै सिकाईसंगै अभ्यास पनि गर्न सुझाए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा तालिमका सहजकर्ता विसन राई , प्रदेश उपाध्यक्ष लवदेव ढुंगाना, महासचिव विवेक गौतम, कोषाध्यक्ष विमल लामिछाने, महासंघ ईलाम अध्यक्ष विप्लव भट्टराईले शुभकामना राखेका थिए भने सहभागी तर्फबाट रोशन भट्टराई र जयोस्ना श्रेष्ठले तालिम उपलब्धी मुलक रहेको र आफुहरुले धेरै कुरा सिक्न पाएको धारणा राखेका थिए।
कार्यक्रम सञ्चालन तालिम संयोजक तथा प्रदेश सचिव देवेन्द्र कार्कीले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपत्रकारलाई मोजो तालिम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img