Homeसमाचारचुनाव हारेरपनि विकास भित्र्याउँदै थेवे

चुनाव हारेरपनि विकास भित्र्याउँदै थेवे

झिलझिले । नेताहरु चुनावको मुखमा मात्रै जनता सामु जाने अनि अनेकौं आश्वासन बाड्ने गर्छन् । तर निर्वाचन पश्चात भने एक पटक पनि नाक मुख देखाउदैनन । उस्तै पर्यो भने जन्ती मलामी पनि जान भ्याइन भन्छन् । चाहे ति जीतेका नेता हुन, चाहे हारेका नै किन नहुन् ।
तर, यस्तो नेपाली राजनीतिक संस्कारलाई चिर्दै ‘हर हमेसा’ जनताका माझ पुग्ने गरेका छन् कांग्रेस नेता देउकुमार थेवे । नेपाली कांग्रेसका झापा सभापति समेत रहेका थेवे । झापा निर्वाचन क्षेत्र नम्बर ४ मा दुई पटक प्रतिनिधि सभाको निर्वाचनमा हारेपनि जनताका समस्या बुझ्दै केन्द्र, प्रदेशसम्म पुगेर विभिन्न योजना माग्ने र जनता माझ पुर्याउँछन् । हुन त थेवेले निर्वाचनमा भोट माग्ने क्रममा पनि भनेका थिए–‘म जिते पनि तपाईहरुसंगै हुन्छु ।’
झापा ४ मा २८ वडा छन् । पछिल्ला दिनमा थेवेले ल्याएका योजना शिवसताक्षीमा धमाधम संचालन हुन थालेका छन् । शिवसताक्षी पनि उनको निर्वाचन क्षेत्र हो । स्थानिय स्तरमा थेवेलाई योजना सिफारिस गर्ने पर्शुराम ढुगाना, मचिन्द्र शेर्मा, मनोज खुलाल कार्की, खड्ग कार्की हुन् । उनीहरु नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि हुन् । संगै शिवसताक्षी नगरपालिकाका पार्टीका सभापति अशोक वस्नेत पनि हुन् ।


‘हाम्रो पाटीका नेताले केन्द्रसंग समन्वय गरेर ल्याएका योजना आवश्यकता र प्राथमिकताका आधारमा संचालन हुन्छ,’ महाधिवेशन प्रतिनिधि पर्शुराम ढुँगानाले भने ‘नेपाली कांग्रेसले हरेक योजनालाई हरेक क्षेत्र, नगर, वडा र टोलमा आम सर्वसाधरणको जीवनमा परिवर्तन हुने गरि समान रुपले व्यवहार गर्छ ।’ पीडित र लक्षित समुदायका गाँउलेले प्रत्यक्ष उपभोग गर्न पाउने गरि नेपाली कांग्रेसले योजना संचालन गर्ने उनले बताए ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ३ पाराबारी बजार पूर्वको कमल खोलामा केन्द्रिय बजेटमा बाँध निर्माण हुँदैछ । यो योजना स्थानिय बासिन्दा समेत रहेका महाधिवेसन प्रतिनिधि शेर्मा, गएको स्थानिय तहको निर्वाचनमा नगर प्रमुख पदका उम्मेद्वार ढुँगानाले सिफारिस गरेका थिए । वडा नम्बर तीनका अध्यक्ष भास्कर न्यौपाने भन्छन, ‘ नगर, क्षेत्र र जिल्लाका पार्टी सभापति पटक पटक आएर अनुगमन गरेपछि यो योजना वडामा आएको हो ।’
बाँध निर्माण भएपछि वडा नम्बर ३ को कमल नदीको तटिय क्षेत्रको बगर खेतियोग्य जमिनमा परिणत हुने छ । वडा अध्यक्ष न्यौपानेले भने ‘लगभग ३ सय विगाह खेतियोग्य जमिन बगरबाट निस्कदैछ ।’ २०६४ साल साउन १० गते कमल खोलामा आएको बाढीले मानव बस्ती बगरमा परिणत भएको थियो । त्यस यताका उम्मेदवारले कमल खोलाको बगर हरेक निर्वाचन जित्नका लागि आधार बनाए ।
स्थायी बाँध निर्माण गने, खोलामा भएको जग्गालाई खेतियोग्य जमिन बनाईदिने, धनिपुर्जाको व्यवस्था गरिदिने यस्तै यस्तै हुन्थे उम्मेदवारका आश्वसन हुने गरेको स्थानियले बताए । निर्वाचन जीते पछि उहाँहरुको नाक मुख गाँउमा नदेखिने गरेको स्थानिय धनमाया कुँवरले बताइन् ।
तर, दुई पटक प्रतिनिधि सभा, यतिकै संख्यामा प्रदेश र स्थानिय तहको निर्वाचन हारेको काँग्रेसले पार्टी सरकारमा भएका बेला यसरी करोडौका योजना गाँउमा ल्याएपछि स्थानिय निक्कै खुसी देखिन्छन् । ‘देउमान दाईले केन्द्रसंग समन्वय गरेर हाम्रो गाँउमा ल्याएका योजनाले यहाँका मानिसको जीवनमा परिवर्तन आउने स्थानिय मणीराम भट्टराईले बताए ।
थेवेले शिवसताक्षीमा मात्रै १० करोडको योजना ल्याएका छन् । यी मध्ये केही धमाधम संचालन भईरहेका छन् भने केही अर्को आर्थिक देखि संचालन हुने थेवेले बताए ।
शिवसताक्षी ७ मा रहेको मायालु चोक हुदै दर्गा मन्दिर बाटो स्तर उन्नती, वडा नं. ८ झिलझिले बजारबाट ढुङगेल चोक हुदै सतासी खोलासम्म नाला निर्माण, १० नम्बर वडाको टाँसी छोलिङ बौद्ध गुम्बा मर्मत, वडा नं. ११ पाथिभरा चोकबाट झरना खोला हुदै प्रगति टोल सम्म सडक स्तर उन्नति, वडा न ६ शिवगञ्ज बजार पच्चिम नवकरण स्कुल हुदै वडा कार्यालय झिलझिले जनता सडक कालोपत्रे लगायतका योजना उनले ल्याएका हुन् ।
यस्तै थेवेले चन्द्रडाँगी पश्चिम सतासी खोलामा झोलुङगे पुलु निर्माण, वडा नम्बर ११ को सतासी खोलाममा मन्दिर र वन कार्यालय जाने झोलुङेपुल, शिवसताक्षी ३ पारावारी वाट शिवमन्दिर सम्म सडक कालोपत्रे, वडा न ११ गणेशमान सिंह प्राविधिक शिक्षालय भवन निर्माणका योजना अर्थ मन्त्रालयबाट अनुमोदन गराएको नेपाली कांग्रेस शिवसताक्षीका सभापति अशोक वस्नेतले बताए ।
थेवे केन्द्रसम्म पहुँच राख्ने साङ्गठनिक क्षेत्रमा दखल राख्ने नेता हुन । यति मात्रै कहाँ हो र ! उनी जनताका बीच पुगि भावी योजना बनाउने, युवा, बाल, बृद्ध सबैसँग बसि भलाकुसरी गर्दै उस्तै व्यबहार गर्ने, विभिन्न कार्यक्रममा सरिक हुने, मेलमिलापको मध्यस्थता गर्ने उनको आदत छ ।
शिवसताक्षी एमालेकाले वर्चश्व भएको पालिका हो । नगर प्रमुख र उप प्रमुख सहित कार्यपालिकामा ४३ सदस्य एमालेको छ । नेपाली कांग्रेसको १४ मात्र छ । वडामा पार्टीले सिफारिस गरेका योजना नगरले राजनीतिक कारणले नदिने गरेको आरोप नेपाली कांग्रेसको छ । हरेक योजनाका लागि नेपाली कांग्रेसले प्रदेश र केन्द्र गुहार्नुको विकल्प नभएको नेपाली कांग्रेसका नेता पर्शुराम ढुँगानाले बताए । उनले भने, ‘झिलझिले माध्यमिक विद्यालयको शौचालय निर्माणका लागि मेयर साहेव संग बजेटको व्यवस्था गर्न म आफैले अनुरोध गरे । उहाँले हुनसक्छ आस्थाका कारण रकम छैन भन्दै पन्छिनु भयो । पछि मेरै पहलमा प्रदेश सरकारबाट १० लाख रुपैयाँ शौचालय निर्माणका लागि ल्याए ।’ अहिले धमाधम शौचालय निर्माण भइरहेको उनले बताए । सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हुन् । विद्यालयको शौचालय जस्तो संवेदनशिल र अत्यन्तै आवश्यक योजनालाई मेयर साहेवले सामान्य रुपमा लिनुभयो की भन्ने मलाई लागेको छ उनले भने । विद्यार्थी नगरका हुन् । विद्यालय नगरको सम्पती हो । ढुँगानले नगर प्रमुखलाई सुझाव दिदै भने ‘मेयर साहेव शिवसताक्षी लाई राजनीतिक छुवाछुत मुक्त नगर बनाऔं ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचुनाव हारेरपनि विकास भित्र्याउँदै थेवे
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img