बिर्तामोड । प्रसाई ट्रष्ट कल्याणकारिणी कोष बिर्तामोडमा सम्पन्न बिर्तामोडको तेस्रो अधिवेशनले अध्यक्षमा इन्द्र प्रसाईलाई चयन गरेको छ ।
प्रसाई ट्रष्ट कल्याणकारिणी कोषका केन्द्रीय सचिव मिलनराज प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता इन्द्र प्रसाईले गरेका थिए । प्रसाई दोस्रो पटक पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी समितिको उपाध्यक्षमा भवानी प्रसाई, सचिवमा खगेन्द्र प्रसाई, सहसचिवमा देवेन्द्र प्रसाई र कोषाध्यक्षमा रामचन्द्र प्रसाई चयन भएका छन् ।
समितिको सदस्यहरुमा देवीमाया प्रसाई, सावित्रा प्रसाई, हिमाल प्रसाई, चन्द्रप्रसाद प्रसाई, टिकाराम प्रसाई र हरी प्रसाई रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, केन्द्रीय कोषाध्यक्ष गोपीकृष्ण प्रसाई र जिल्ला अध्यक्ष नारायण प्रसाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भवानी प्रसाईले सञ्चालन गरेको कार्यक्रममा स्वागत लिला अनमोलले गरेकी थिइन् ।
प्रसाई बन्धुको नगरसमितिको अध्यक्षमा इन्द्र

































































































